Shittalpati
नेपालमा कोरोना बिमा गर्ने बढे

पाल्पा । नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु पनि बढेका छन् । कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै सरकारले बिमा नीति ल्याएको र संक्रमणको दर बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु ह्वात्तै बढेका हुन् । हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बिमा भएको बिमा समितिले जनाएको छ । अहिले सम्म ४७ करोड रुपैयाँ बिमा प्रिमियम संकलन भएको छ । बिमा समितिले वैशाख ४ गते देखि कोरोना भाइरस (कोभिड–१९) बिमालेख जारी गरेको थियो । जसमा सबै निर्जीवन बिमा कम्पनीको बिमा पुल मार्फत बिमालेख जारी गर्ने व्यवस्था रहेको छ ।

समितिले दुई श्रेणीको बिमाड्ढ रकम कायम गरी बिमालेख जारी गरेको थियो । जसमध्ये एक हजार रुपैयाँ बिमा शुल्क कायम भएको १ लाख बिमाड्ढ र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बिमाड्ढ रकम रहेको थियो । जसमा पारिवारको बिमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बिमा शुल्क कायम गरिएको थियो । त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिदा अहिले १ लाख रुपैयाँको बिमा ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँको बिमा १ सय ५० रुपैयाँमा हुन्छ । सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बिमाड्ढ रहेको बिमालेख विक्री नभई एक लाख रुपैयाँ बिमाड्ढ भएको बिमालेख मात्रै विक्री भएको समितिले जनाएको छ । त्यस्तै अहिले सम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update