Shittalpati
पाल्पामा थप ६ जनामा संक्रमण

पाल्पा । जिल्लामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तिनाउ गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु सबै भारत लगायत तेस्रो मुलुकबाट आई होमक्वारेन्टाइनमा बसेको बुझिएको छ । शनिबार थपिएका ६ जना सहित जिल्लामा संक्रमितको संख्या ५ सय ७९ पुगेको छ ।

पछिल्लो समय जिल्लामा समुदायस्तरमा समेत संक्रमण देखिएको छ । तिनाउ गाउँपालिकाका र तानसेनमा समुदाय स्तरका ३ जना महिलामा कोरोना देखिएको हो । संक्रमित मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन, भने तानसेनका एक महिला र पूर्वखोलाका एक पुरुष गरी दुईजनाको मृत्यू भएको छ । शनिवार थपिएको ६ सहित पाल्पामा १६ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update