Shittalpati
भारतको चलखेल कुलमानको विदाई !

आज कै दिन तर ५ वर्ष अगाडिको समय कल्पना गरौं त अत्यासलाग्दो, अन्धकारमय उधेक लाग्दो थियो । वत्ति आएको पत्तै हुदैन्थ्थे । ब्यापारिक एवं औधोगिक घरनामा जेनेटरको आवाज सुनिन्थ्यो । मोबाइल फोन सबैको अफ हुन्थ्यो, तर पनि विद्युत कार्यलयमा महसुल बुझाउनेको सख्या कम हुँदैन थियो । यस्तो अवस्थामा पनि नेपाल विद्युत प्राधिकरण धमिराले खाएर आर्थिक वर्ष २०७२/०७३ मा ९ अर्ब, २०७३/०७४ मा १५ अर्ब, २०७४/०७५ मा ३ अर्बका दरले नोक्सान हुँदै टाट पल्टने अवस्थामा पुगेको थियो । त्यस्तो अवस्थामा पुगेको विद्युत प्राविधिकरण यति खेर १० अर्ब नाफामा छ । २०७६/०७७ को लेखा परीक्षणको प्रतिवेदन आएको छैन । तर पनि ११ अर्ब नाफामा गयो । मुलुकलाई अध्यारोबाट उज्यालोमा पुर्‍यायो । त्यो व्यक्ति जनार्दन शर्माले बाहिरबाट खोजेर ल्याएका होइनन् । त्यहि विद्युत प्राधिकरणको व्यक्तिलाई मन्त्री जनार्दन शर्माले ०७३ भदौ २९ गतेदेखि लागु हुने गरी जिम्बेवारी र अख्यिार दिएका थिए । जनार्दन शर्मा एउटा क्रान्तिकारी विचारको प्रतिनिधित्व गर्दै ध्वशंको राजनीतिबाट आएको व्यक्ति भएपनि सही समयमा सही व्यक्तिको छनोट गरेका कारण उनको नाम सधैँ अमर रहने छ ।

अब केही दिन मात्र बाँकी छ कुलमानको पदावधी सकिन आम जन जनको मन मष्तिष्कमा कुलमानको नाम कष्ठस्त छ । परिवर्तनका लागि इच्छा शक्ति भए हुँदोरहेछ भन्ने एउटा सफल उदाहरणीय व्यक्तिको नाम लिदा कुलमान नै पहिलो व्यक्ति हुन भने उनी भन्दा अगाडिका सबै लुटेरा नै रहेछन्, भन्ने आम जनले बुझेका छन् । लुटेराको संगीतमा मन्त्रीको नृत्य हुँदो रहेछ । यसैले जनार्दन र कुलमान भन्दा अगाडिका मन्त्री र प्राधिकरणका प्रमुखलाई एक पटक सबैले देख्ने गरी टुँडिखेलमा उभ्याउन पर्ने जनताको माग रहेको छ ।

विद्युत प्राधिकरण भित्रका धमिराहरुलाई कुलमानको म्याद कहिले सकिएर जाला जस्तो छ । त्यो भन्दा माथिकाले एक/एक जना भ्रष्ट व्यक्तिको नाम जपेर बसेका छन् । सबै भन्दा बढी आर्थिक संकलन भएको क्षेत्र भन्ने हो भने त्यसको उत्तर खोज्न कहि जानु पर्दैन । त्यो हो विद्युत प्राधिकरण । त्यहाँ नीतिगत रुपमा भ्रष्टाचार हुन्छ । हाम्रो घर–घरमा मिटर जाच्न आउनेहरु मध्य काठमाडौंका केही कर्मचारीले जागिरबाट हातै धुन्न पर्‍यो । त्यस्ता–त्यस्ता विषयमा ध्यान पुग्न नपाउँदै ४ वर्षे पदावधी सकिन लाग्यो । हिज १८ घण्टा लोडसेडिङ्ग गराएर अध्यारोमा लगेका व्यक्तिहरु आज प्रमुख पदमा नियुक्तिका लागि नेकपाका नेताको ढोका चाहार्दै छन् । कुलमानले नियुक्ति पाएकै दिन कर्मचारी संगठनहरुले आन्दोलन गरे त्यसैगरी आफुलाई नियुक्ति नगरी आफु भन्दा तल्लो तहको व्यक्तिले जिम्मेवारी र नेतृत्व पायो त्यसलाई बदर गर्नका लागि न्यायलयको ढोकासम्म पुगे । विद्युत प्राधिकरणका सलहहरु । कुलमानको नेतृत्व समग्रमा सफल भयो विद्युत ग्राहक संख्या भने ४२ प्रतिशतले बढ्यो विद्युत आयोजनाको समयानुसार मर्मत हुँदै गयो औधोगिक घरानामा हुने चोरी, चुवावटलाई नियन्त्रण गर्दै सुख्खा समयमा भारतबाट विद्युत आयात गर्ने नीति बनाएर कार्यान्वयन गर्न लागेपछि ०७५ साल वैशाखदेखि लोडसेडि·को अन्त्येष्टि गरियो ।
कुलमानको पदावधी थप्नुपर्छ भनेर आम नेपालीको जिब्रोमा चलिरहेको छ । तर विडम्वना नेपाली र नेपाललाई सतीको सराप परेको छ जसले राम्रो काम गर्छ उसलाई हाम्रा श्री ५ भन्दा बलिया बाठा नेताहरु, (जनार्दन बाहेक) सकारात्क देखिदैनन् । हाम्रा नेताहरु माफियाको इसारामा नाचेका छन् । त्यसैले भनिन्छ माफियाले चलाएको हाम्रो मुलुक । भूकम्प प्राधिकरणका सिओ हाम्रै पाल्पाली बन्धु नेकपाको कृपाले पटक–पटक बने । त्यहाँ अर्को उपलब्धी प्राप्त नगर्दै पदावधी सकिन २/३ महिना बाँकी हुँदा आफ्नो घरमा नेकपाको बैठक राखेका थिए । प्राधिकरणको पद हत्याउनका लागि एक ठाउँमा नालायक बनेका शुशिल ज्ञवाली विद्युत प्राधिकरणमा पनि नालायकमा आफ्नो नाम दर्ता गराउन खोज्दै छन् । कुलमान कुनै दैविक शक्ति भएको महापुरुष होइनन् । उनी त आफ्नो जिम्मेवारीप्रति कर्तव्य निष्ठ भएर काम गर्ने इमान्दारी व्यक्ति हुन उनीले जस्तै त्यही कतिका काम काम गर्ने व्यक्ति त छन् । तर कस्ता व्यक्ति भने व्यक्तिगत स्वार्थमा प्रेरित हुने व्यक्ति छन् । नयाँ–नयाँमा हेर्दा गोकण विष्टसँग पनि आम जनताको अपेक्षा थियो । जब उनी उर्जा मन्त्री भए उनको लोकप्रिय बन्नका लागि प्रचार मात्र काम गरे । त्यहाँ भन्दा अरु केही गरेनन् । बिष्ट जस्तालाई माफियाहरुले थन्क्याए । त्यसैले आगामी दिनमा अब २० घण्टासम्म अध्यारो संसारलाई बेहोर्नु पर्ने हुन्छ  ।
ब्रिफकेस भरी पैसा बोकेर बालुवाटार पुगेका उर्जा विकास विभागका पूर्व महानिर्देशक नविन सिंहलाई माफियाका नायक भनिनेहरुको आशिष मिलेको छ । उनी विद्युत लाइसेन्स वितरणमा आर्थिक चलखेल गरेको र कार्य सम्पादन सन्तोष जनक नभएका व्यक्ति हुन् । त्यस्ता व्यक्तिलाई भ्रष्टाचारमा लिप्त र भारतिय एजेन्टले मात्र बोकेका छन् । यस प्रकरणमा उर्जा मन्त्री वर्षमान पुन समेत माफिया र तस्करको जालमा परिसके । अब उनले कुलमानलाई चाहेर पनि बनाउन सक्दैनन् । विगतमा बदनाम भएका मुकेश काफ्ले पनि दौडमा होमिएका छन् । तर उनको स्वार्थ भए आफै नभए नविन सिंहलाई बनाउनु पर्दछ भन्ने अभियानमा लागेका छन् । नीतिगत रुपमा आर्थिक अनियमितता हुने अखडामा संस्था कमजोर व्यक्ति बलियो भएको ठाउँमा कुशल प्रशाशकले देखाएको इमान्दारीता हो । यस्तै–यस्तै व्यक्ति सबै विभागमा हुने हो भने मुलुकले आर्थिक रुपमा फड्को मार्नका लागि धेरै समय पर्खन पर्दैन तर के गर्ने बालुवाटारदेखि खुमलटार हँुदै पुल्चोकबाट बुढानीलकण्ठ सम्मका व्यक्ति नै भ्रष्टका राजा बनेपछि अन्य ठाउँमा प्रजाले के गर्ने मुख्य विषय र कुरा यहा हो ।

हुन त कुलमान घिसिङ मन्त्रीका सम्धी परेनन् । कुलमानको ठाउँमा शुशिल ज्ञावली आउँदैछन् । अब पुनः माफियाको कारण २० घण्टासम्म लोड सेडिङका कारण अध्यारो संसारमा पुर्‍याउने हो । यस प्रकरणमा भारतियको प्रभाव राम्रोसँग पर्‍यो । वैकल्पिक उर्जा उत्पादक मुलुक भारतले नै दवाव दिएका कारण कुलमानका लागि बर्हिगमनको बाटो बनेको हो । यस प्रकरणमा सबैको समान भूमिका रहने हुँदा सबै भारतिय दलाल हुन भन्दा फरक नपर्ला जब कुलमान विद्युत प्राधिकरणको प्रमुख पदमा आएको केही समय मै काठमाडौंबाट लोडसेडिङको अन्त्यको सुरुवात गरे । यसो गर्दा वैकल्पिक उर्जाको ब्यापार गर्ने र उत्पादन गर्नेहरुलाई उनले चिल्लीबिल्ली बनाए । उनले यसो गरेकोमा उर्जा उत्पादन गर्ने भारतलाई र त्यसका एजेन्टलाई मन परेको थिएन यसैको परिमाण हो आजको अवस्था । वर्तमान सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी उपेन्द्र कुमार कोइराला सातौं पटक अध्यक्ष बन्दैछन् । कुलमान घिसिङ दोस्रो पटक किन नबन्ने भन्ने सवाल पनि उठेको छ तर विषय र प्रसं· उस्तै भएपनि कुलमानलाई भारतले नगर्न भने पछि प्रधानमन्त्रीले आज्ञाको पालना मात्र गरेका हुन् । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update