Shittalpati
आज प्रधानमन्त्री ओली चीन जाँदै
आज प्रधानमन्त्री ओली चीन जाँदै प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान बेइजिङ प्रस्थान गर्न लागेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
आज स्थानीय तह उपनिर्वाचन 
आज स्थानीय तह उपनिर्वाचन  स्थानीय तह उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । विभिन्न स्थानीय तहमा रिक्त रहेका नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।...
तानसेनमा न्यू होराजन प्रदेशस्तरीय हाजिर जवाफ
तानसेनमा न्यू होराजन प्रदेशस्तरीय हाजिर जवाफ तानसेनमा न्यू होराइजन प्रदेशस्तरीय हाजिरजवाफ प्रतियोगिता  भएको छ । न्यू होराइजन आवासीय मावि  बुटवल को आयोजनामा ३१ औं न्यू होराइजन प्रदेशस्तरीय  हाजिर जवाफ प्रतियोगिता तानसेन  केन्द्रमा भएको हो ।
सेवा प्रवाह सुधार गर
सेवा प्रवाह सुधार गर नेपालमा सार्वजनिक सेवा प्रवाह अझै पनि सहज बन्न सकिरहेको छैन् । सार्वजनिक सेवा सरकार र जनताबिचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।
ग्लोबल आइएमई बैंकको सहयोग
ग्लोबल आइएमई बैंकको सहयोग ग्लोबल आइएमई बैंकले विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । उसले बाँकेको कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।
आज बाला चतुर्दशी, शिवालयहरुमा शतबीज छरिँदै
आज बाला चतुर्दशी, शिवालयहरुमा शतबीज छरिँदै आज बाला चतुर्दशी पर्व । दिवंगत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै आज बिहान सदबीज छरिँदै छ । बाला चतुर्दशीका दिन देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा सतबीज छर्ने गरिन्छ । सदबीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबिज छर्ने परम्परा छ ।
नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित
नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भयो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३...
तिनाउमा एक पुुरुष मृत फेला
तिनाउमा एक पुुरुष मृत फेला जिल्लाको तिनाउ गाउँपालिका –६ मस्यामस्थित ढाक्रिपार भिरमा  एक जना पुुरुष मृत फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति  शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले ति पुुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई  खबर गरेका थिए ।  
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ ।
Weather Update