Shittalpati
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूूर्ण रहेको बताएका छन् । शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूर्ण रहेको बताएका हुन् ।
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...
भोली प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहसहितका उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउँदै 
भोली प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहसहितका उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउँदै  भोली शुक्रबार देशका उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउन लागेका छन् ।
भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण
भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष रामबहादुर कार्कीले पदभार ग्रहण  गरेका छन् । अध्यक्ष कार्कीले एक औपचारिक कार्यक्रमकाबिच पदभार ग्रहण गरेका हुन् ।
भारतमा रेल दुर्घटना : १३ जनाको मृत्यु, मृतक मध्ये ४ नेपाली
भारतमा रेल दुर्घटना : १३ जनाको मृत्यु, मृतक मध्ये ४ नेपाली भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा ४ नेपालीसहित  १३ जनाको मृत्यु भएको हो ।
छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, रोल्पा र तनहुँमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
रामपुरमा भएको प्रथम अकला कपको उपाधि मोहमीलाई  
रामपुरमा भएको प्रथम अकला कपको उपाधि मोहमीलाई   प्रथम अकला कप २०८१ को उपाधि मोहमी युवा क्लव चापाकोट –६ स्याङ्जाले हात पारेको छ ।  अकला युथ क्लव रामपुर –७ आमडाँडा पाल्पाको आयोजनामा भएको  खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै क्लवले उपाधि हात पारेको हो ।
‘अनुसन्धान तथा प्रतिष्ठान’ विधेयक माथि छलफल
‘अनुसन्धान तथा प्रतिष्ठान’ विधेयक माथि छलफल लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । लुम्बिनी प्रदेशसभाको जारी अधिवेशनको मंगलबारको बैठकमा उक्त विधेयक माथि छलफल भएको हो ।  
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा माविलाई
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा माविलाई जिल्लाको रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा मावि तम्घासले हात पारेको छ । तम्घासको चिदीचौर खेल मैदानमा सञ्चालन भएको अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १२ स्वर्ण, १० रजत, ४ कास्य प्राप्त गर्दै रेसुङ्गा माविले उपाधि जित्न सफल भएको हो ।
लुम्बिनी प्रदेशसभा : ‘अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ विधेयक पेस
लुम्बिनी प्रदेशसभा : ‘अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ विधेयक पेस लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको सोमबारको चौथौ बैठकमा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न  बनेको विधेयक पेस भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बैंठकमा विधेयक पेस गरेका हुन् । 
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।
Weather Update