Shittalpati
गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा के–के छ ? (पूर्णपाठसहित)

पाल्पा, नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन । भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री थापाले राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।  

उनले जेन–जी आन्दोलन, मुलुकको बद्लिँदो राजनीतिक परिस्थिति र पार्टीको अवस्थाका विषयमा प्रष्ट पार्दै विशेष महाधिवेशन बोलाउनुको औचित्यबारे उल्लेख गरेका छन् । त्यस्तै, पार्टीको भावी कार्यदिशाका विषयमा समेत प्रतिवेदन पेश गरेका छन् । महामन्त्री थापाले राजनीतिक प्रतिवेदनमा कानुनी, व्यावहारिक र परम्परागत आधारमा विशेष महाधिवेशनको आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले पार्टीको विधान कार्यान्वयनमा प्रतिबद्ध रहेको पुष्टि गर्न विशेष महाधिवेशन आयोजना गरिएको उल्लेख गरे ।   

राजनीतिक प्रस्तावमा कांग्रेसले विगतमा गरेका गल्तीप्रति आत्मालोचित भएको उल्लेख गरेका छन् । प्रतिवेदनमा लेखिएको छ, ‘कांग्रेसले लिन नसक्ने पहल र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति हामी गम्भीर आत्मसमिक्षा तथा आत्मलोचना गर्दै क्षमा याचना गर्छौं ।’ प्रतिवेदनमा कांग्रेसको विगतदेखि अहिले पार्टीले तय गर्नुपर्ने बाटोसम्मका विषय समेटिएका छन् । जसमा जेन–जी विद्रोह र कांग्रेसको संकल्प छुट्टै शीर्षकमा उल्लेख गरिएको छ ।
थापाले भदौ २३ र २४ गते भएका घटना तथा गम्भीर मानवअधिकार उल्लंघन र हिंसाजन्य ज्यादतीका घटनामा स्वतन्त्र छानबिन हुनुपर्नेमा कांग्रेस प्रष्ट रहेको उल्लेख गरेका छन् । उनले कांग्रेसले विगतमा सरकार र संसदमा रहँदा सुशासन र सेवा प्रवाहका सन्दर्भमा गरेको पहल अपूर्ण भएको र प्रभावकारी ढंगले अघि बढाउन नसकेको कुरा आत्मआलोचनासहित स्वीकार गर्दै, त्यस्ता कमी–कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन ्।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update