Shittalpati
 जोर्तेमा टिपर दुर्घटना : एकको मृत्यु 

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा टिपर दुर्घटना भएको छ । आज विहान नवरलपरासीको पाल्पा  सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको ना ८ ख ३६५ नम्वरको  टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय केशव सुनारको रहेको प्रहरी चौकी अर्गेलीले जनाएको छ । टिपर सडकदेखि २ सय ५० मिटर तल खोलामा खसेको हो ।  टिपर विहान ४ बजे दुर्घटनामा परेको हो. । मृतकको  ठेगाना भने खुल्न सकेकने छैन । मृतक चालक भएको हुन सक्ने जनाइएको छ । गाडीमा अरु पनि सवार थिए थिएन् भन्ने  कुरा खुल्न नसकेको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

खोला र झाँडी भएकाले खोजी कार्य भइरहेको  छ । दुर्घटना लगत्तै प्रहरी चौकी हार्थोक र  अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो । विहानै अध्यारो भएकाले अनुसन्धानमा कठिनाई भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update