Shittalpati
काँग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न आजै मतदान हुने, सुरू भयो मनोनयन दर्ता

पाल्पा, भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । यति बेला नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरू भएको हो ।

आजै राति ९ बजेदेखि मतदान हुनेछ ।

 निर्वाचन समितिले सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । त्यस्तै उपसभापति र महामन्त्रीका लागि २५ हजार र सह–महामन्त्रीका लागि २० हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यका लागि १० हजार शुल्क निर्धारण भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार उक्त शुल्क कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका २०८२ को अनुसूची ७ बमोजिम तोकिएको हो । 

 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update