Shittalpati
काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो : गगन थापा 
काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो : गगन थापा  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले  नेपाली कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।
अब हामी दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गछौं : विश्वप्रकाश 
अब हामी दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गछौं : विश्वप्रकाश  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
पाल्पामा नेपाली सेनाले मनायो पृथ्वी जयन्ती
पाल्पामा नेपाली सेनाले मनायो पृथ्वी जयन्ती पाल्पामा नेपाली सेनाले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । जिल्ला स्थित नेपाली सेना दि फेमस महेन्द्र दल गणले बृहत झाँकी प्रर्दशनीसहित पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको हो ।
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन  नेपाली कांग्रेस विशेष महाधिवेशन सुरू भएको छ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरे ।
अवैध भरुवा बन्दुक बरामद
अवैध भरुवा बन्दुक बरामद
आज पृथ्वीनारायण शाहको स्मरण गरिदैं, यस्ता छन् दिव्य उपदेश
आज पृथ्वीनारायण शाहको स्मरण गरिदैं, यस्ता छन् दिव्य उपदेश ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उनको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।
तानसेनमा प्याब्सन कप २०८२ सुरु
तानसेनमा प्याब्सन कप २०८२ सुरु जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा जिल्लास्तरीय अन्तर विद्यालय “प्याब्सन कप” २०८२ सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले आफ्नो स्थापना दिवसको अवसरमा “प्याब्सन कप” को  सञ्चालन गरेको हो ।
राष्ट्रिय योग दिवस मनाउने तयारी
राष्ट्रिय योग दिवस मनाउने तयारी सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी  अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विविध कार्यक्रम गरी  दिवस मनाउने तयारी गरेको हो ।  
रकमान्तर पुरानै रोग,  कानुन मिचेर २९ करोड रकमान्तर
रकमान्तर पुरानै रोग,  कानुन मिचेर २९ करोड रकमान्तर सरकारले पछिल्ला हरेक वर्ष विनियोजन गरेको बजेटमा कानुन मिचेर रकमान्तर गर्दै आएको छ । प्रत्येक वर्ष विनियोजन ऐन बनाइन्छ तर पालना भएको देखिँदैन ।
बैकिङ्ग कसुरमा एक जना पक्राउ 
बैकिङ्ग कसुरमा एक जना पक्राउ  जिल्ला प्रहरी कार्यालय पाल्पाले वैकिङ्ग कसुरमा एक जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको  छ ।  जिल्लाको बगनासकाली गाउँपालिका –७ निवासी ४० बर्षको हेमन्त गैरेलाई विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटी गएको प्रहरी टोलीले आईतबार घुमिरेहको अवस्थामा निजलाई साझ पक्राउ गरी सो रकम असुल उपरका लागि जिल्ला अदालत...
 रामपुर नगर सभाको १८ औं अधिवेशन, बजेट रकमान्तर, दुई विधेयक पारित      
 रामपुर नगर सभाको १८ औं अधिवेशन, बजेट रकमान्तर, दुई विधेयक पारित       जिल्लाको रामपुर नगरपालिकाको १८ औं नगरसभाले बजेट रकमान्तरसहित दुई विधेयक  पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक  सर्वसहमत रुपमा पारित गरेको हो । 
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र तानसेनको पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा स्थापना गरिएको छ । तानसेन नगरपालिकाले  बाढी, पहिरो, भूकम्प जस्ता विपदमा विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले स्रोत केन्द्र स्थापना गरेको हो ।
Weather Update