Shittalpati
पाल्पामा नेपाली सेनाले मनायो पृथ्वी जयन्ती

पाल्पा, पाल्पामा नेपाली सेनाले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । जिल्ला स्थित नेपाली सेना दि फेमस महेन्द्र दल गणले बृहत झाँकी प्रर्दशनीसहित पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको हो ।

सैनिक–नागरिक सम्बन्ध सुमधुर बनाउन र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने उद्देश्यसहित  विभिन्न जातजाति, संस्कृति, रहनसहन र भेषभूषा झल्काउने झाँकी लिइ बजार परिक्रमा गरिएको थियो ।

पछिल्लो समय कमजोर बन्दै गएको राष्ट्रिय एकतालाई थप बलियो बनाउन नेपाली सेना र नागरिको सहभागितामा कार्यक्रम गरिएको हो । सैनिक नागरिक सम्बन्ध सुमुधुर बनाउने उद्देश्य सहित विभिन्न भेषभूषामा सजिएर झाँकी प्रर्दशन गरिएको दि फेमस महेन्द्र दल गणका गणपति प्रमुख सेनानी शान्त कुमार थापाले बताए । नेपाली सेनाका सकलदर्जा, पदिक, अधिकृतका साथै स्थानीय नागरिकहरुको स्वस्फूत सहभागितामा नेपालका विभिन्न जातजाति, कलासंस्कृति, रहनसहन र भेषभूषामा सजिएर सदरमुकाम तानसेन बजार परिक्रममा गरिएको थियो । नागपोखरी ब्यारेकबाट निस्केको नेपाली सेनाको टोली पञ्चेबाजासहित नाचगान गर्दै बसपार्क, क्याम्पस रोड, रणउजेश्वरी भगवती मन्दिर, निशान भगवती, पाल्पा दरबार संग्राहलय, श्री ७ अमरनारायण मन्दिर परिक्रम गरि पुनः ब्यारेक घर फर्किएर झाँकी विर्सजन गरिएको गणका सुबेदार प्रमुख जयप्रकाश बानियाँले जानकारी दिए । झाँकी प्रर्दशनी कार्यक्रममा पृथ्वी नारायण शाहकै भेषमा सजिएर उनकै झल्को मेटाउने प्रयास नेपाली सेनाले गरेको थियो । साथै शाहाको सम्मान स्वरुप फोटो फ्रेम सहित स्थानीय नागरिकको समेत उल्लेख्य सहभागिता थियो । साथै राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले बृहत फोटो प्रर्दशनी समेत गरेको छ । सेनाले नियमित गर्दै आएका गतिविधि, राष्ट्रिय गौरबका आयोजना, शान्ति मिसन स्थापनार्थ बाह्य मुलकमा खटि गएका टोलीले गरेका कार्यसम्पादन झल्किने तस्बीरका साथै गणले विभिन्न कालखण्डमा गरेका ऐतिहासिक देखि प्राप्त गरेका सम्मान र पुरष्कारहरु समेत फोटो प्रर्दशनीमा राखिएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update