बैकिङ्ग कसुरमा एक जना पक्राउ
पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले वैकिङ्ग कसुरमा एक जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । जिल्लाको बगनासकाली गाउँपालिका –७ निवासी ४० बर्षको हेमन्त गैरेलाई विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटी गएको प्रहरी टोलीले आईतबार घुमिरेहको अवस्थामा निजलाई साझ पक्राउ गरी सो रकम असुल उपरका लागि जिल्ला अदालत पाल्पा समक्ष सोमवार पेश गरेको जनाएको छ ।
गैरेलाई बैकिङ्ग कसुर मुद्धामा २ लाख दश हजार र क्षतिपुर्ति ८ हजार ४ सय बैंक कसुर गरेको भनि जिल्ला अदालत पाल्पामा मुद्धा परेको थियो । सोही आधारमा उच्च अदालत पाटनले असुल उपर गर्नु भनि फैसला सुनाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्


-1762576335.jpg)