Shittalpati
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ,  नेपाली कांग्रेस विशेष महाधिवेशन सुरू भएको छ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरे ।  उदघाटन भएसँगै विशेष महाधिवेशन औपचारिक रुपमा सुरू भएको छ ।

उद्घाटनअघि ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ कार्यकर्ताहरुले विशेष महाधिवेशनको पक्षमा नारा लगाउँदै र्‍याली निकालेका थिए ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update