काठमाडौं , नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले जनताका गुनासाहरूको केस्रा केस्रा केलाउने बताए । “मैले धेरैपटक सभापतिजीलाई छैटौं पटक प्रधानमन्त्री नबन्नुस् भनेर पटक–पक सुझाव दिएको थिएँ । सभापतिजीले हामीले भनेको सुझाव मानेको भए सायद अहिले उहाँलाई अभिभावकको रूपमा खोजिरहनुभएको हुन्थ्यो होला । उहाँहरूलाई भन्न चाहन्छौं, देश बाहिरकाले सुनोस्, देश भित्रकाले सुनोस् । पार्टी भित्रकाले सुनोस्, बाहिरकाले सुनोस् । यो विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री नबन्ने निर्णय गर्छ,” उनले भने ।
उनले जेन–जीहरु अन्तरिक्षबाट आएको नभई भाइबहिनीहरु र छोराछोरी रहेकोबताउँदै भदौ २३ को घटना इतिहासमा एउटा भुल भएको समेत बताए । “जेन–जी कोही अन्तरिक्षबाट आएका थिएनन् । हाम्रै काखमा, हाम्रा भाइबहिनीहरु थिए । हाम्रा छोराछोरीहरु थिए,” महामन्त्री शर्माले भने, “भदौको २३ मा इतिहासमा एउटा ठूलो भुल भएकै हो । त्यसपछिका कैयौं रात हामी निदाउन सकेनौँ । आज पनि आफैंलाई प्रश्न गर्छु, ’२३ गतेका दिन केवल संसद् भवन तोडिन दिएको भए के फरक पथ्र्यो होला ?’


-1762576335.jpg)