Shittalpati
विश्वप्रकाशले पेश गरेको सांगठनिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

पाल्पा, नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन । भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका हुन् ।  

महामन्त्री शर्माले ‘बदलिएको देश र बदल्नुपर्ने कांग्रेस’ शीर्षकको प्रतिवेदन पेस गरेका छन् ।  प्रतिवेदनमा उनले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् ।  उनले सुशासनमा कांग्रेस कहाँ चुक्यो भनेर बुँदागत रुपमा केलाएका छन् । शर्माले नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा र विश्वास गरे, तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र चिर्न किन सकेनौं ? यो विषम परिस्थिति सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान वस्तुगत आत्मसमीक्षा गर्दै नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्न हामी सक्छौं कि सक्दैनौं ? जस्ता प्रश्न पनि उनले प्रतिवेदनमा उठाएका छन् । प्रतिवेदनमा शर्माले विगतका गल्ती सच्याउने १५ बुँदे संकल्पहरू पनि प्रस्तुत गरेका छन् । यसमा विगतमा के गल्ती भएको थियो र त्यसलाई कसरी सच्याउने भन्ने कुरा बुँदागत रूपमा राखिएको छ 

प्रतिवेदनमा महामन्त्री शर्माले भविष्यमा कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) कोही पनि व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने प्रस्ताव गरेका छन । यस्तै उनले राजनीतिक स्थिरता र दलीय स्वाभिमानको रक्षाका लागि निर्वाचनमा गठबन्धन नगर्ने नीति अघि सारेका छन् ।
 

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update