पाल्पा, पाल्पा जेसीजमा जेसीज महेश खनालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । जेसीजको ४६ औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षमा नयाँ समिति चयन गरेको हो ।
जसको कार्यकारी उपाध्यक्षमा जेसी गणेश पन्थी र जेसी सतिसराज शाक्य, उपाध्यक्षमा जेसी प्रकाश कार्की, जेसी सुनिल पंगेनी, जेसी दुस्यान्त भण्डारी, जेसी निजाम दिन मियाँ रहेका छन् । यस्तै जनसम्पर्क अधिकारीमा जेसी पवन कुंवर र सचिवमा जेसी बालकृष्ण बस्याल रहेको निर्वाचन अधिकृत तथा वर्ष २०२१ का अध्यक्ष जेसी राजिव श्रेष्ठले जानकारी दिए ।

अधिवेशनको जेसीज २०१६ का अध्यक्ष जेसी रिलनमान महर्जनले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले खनाल नेतृत्वको नयाँ समितिलाई बधाई तथा वर्ष २०२५ का अध्यक्ष विवेक काजी शाक्य नेतृत्वको समितिलाई हार्दिक आभार व्यक्त गरे । उनले जेसीजको उद्देश्य र भावना अनुसार काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा पाल्पा जेसीसका संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले समाज र राष्ट्रको विकासका लागि युवाहरु एक भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । २०२५ का अध्यक्ष अर्जुन कार्कीले युवाहरूलाई थप सक्रिय बनाउँदै समाज, राष्ट्रको विकास र जेसीजको नयाँ उचाइलाई थप सशक्त पार्दै लैजान नयाँ नेतृत्वलाई आग्रह गरे ।
नव निर्वाचित अध्यक्ष खनालले वर्ष २०२६ का लागि समिति चयन गर्न र शाखालाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए । उनले जेसिज वर्ष २०२६ लाई नेतृत्व र व्यक्तित्व विकास गर्न विभिन्न रचनात्मक कार्यक्रम गरी शाखालाई क्रियाशिल गराइराख्ने प्रतिवद्धता समेत व्यक्त गरे । २०२५ का अध्यक्ष विवेक काजी शाक्यको अध्यक्षता, कार्यकारी उपाध्यक्ष जेसी विजय कार्कीको स्वागत, महासचिव जेसी गणेश पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो । जेसीस १८ देखि ४० वर्षका युवा पुस्ताहरुद्धारा सञ्चालित एक अन्तर्राष्ट्रिय संस्था हो । पाल्पा जेसीस युवा पुस्तामा व्यक्तित्व, नेतृत्व विकाससँगै सामाजिक कार्यमा सक्रिय हुँदै आएको छ ।


