Shittalpati
तानसेनमा भैरव सुज हाउस सञ्चालनमा

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा भैरव सुज हाउस सञ्चालनमा आएको छ । यहाँको चार जना युवाहरु मिलेर सुज हाउस सञ्चालनमा ल्याएका हुन् ।

सुज हाउसको विहीबार एक औपचारिक कार्यक्रमकाबिच प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले रिवन काटेर शुभारम्भ गरेका छन् । हाउसको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले सुपथ मूल्यमा गुणस्तरीय र ग्राहकको चाहाना अनुसार व्यवसाय गर्न आग्रह गरे । उनले दर्ता गरी कानुनी प्रक्रिया अनुसार व्यवसाय सञ्चालन गर्न आवश्यक परे सहजीकरणका लागि आफुले सहयोग गर्ने बताए । प्रमुख जिल्ला अधिकारी सुवेदीले युवाहरु विदेश पलायन भइरहेका बेला केही युवाहरुले स्वदेशमै लगानी गरेर व्यवसाय सुरु गर्नु सकारात्मक सन्देश रहेको उल्लेख गरे ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै व्यवसायी सञ्चालनले देशमै सम्भावनाहरु नदेखेर युवाहरु  विदेशी रहेका बेला यहि केही  गर्न सकिन्छ भन्ने  सम्भावनाको संकेत गरेको बताए । हाउसका सञ्चालक बिनोद न्यौपानेले आफुलाई मन परेको चुत्ता पाल्पामा नपाएपछि काठमाडौमा गएर किन्नु पर्ने अवस्थालाई ध्यानमा राखेर आफु जस्ता ग्राहकहरुका लागि यही नै सुविधान दिने उद्देश्यले व्यवसायी सञ्चालन गरिएको बताए । उनले आफु लामो समय जापनमा बसेर मासिक ५/६ लाख कमाउदै आए पनि त्यहाँ छोडेर स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेर यहाँ आइ व्यवसाय सुरु गरेको उल्लेख गरे । अर्का सञ्चालक दुर्गा गैरेले  एकै किसिमका जुत्ता एकै ठाउँमा पाउन सकिने बताए । अर्का सञ्चालक जीवन पाण्डेले  ४० लाखको लगानीमा सुज हाउस सञ्चालनमा ल्याइएको बताए ।  यहाँ सबै किसिमका जुत्ताहरु सुपथ मल्यमा  पाउन सकिने  अर्का सञ्चालक दिपु घिमिरेले  जानकारी दिए । हाउसका सञ्चालक बिनोद न्यौपानेको अध्यक्षता, दुर्गा गैरेको स्वागत, जीवन पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update