Shittalpati
सामाजिक क्षेत्रमा लुम्बिनी रोटरीको सक्रियता  

तानसेन,रोटरी क्लब पाल्पा लुम्बिनी सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएको छ । क्लवले सचेतना, वातावरण संरक्षण, जेष्ठ नागरिकलाई सम्मान गर्ने जस्ता कार्यमा सक्रिया देखाउँदै आएको हो ।

उसले आठौँ पदस्थापन गरे लगत्तै एक महिनाभित्रमा थुप्रै रचनात्मक कार्य गरिसकेको छ । रोटरी वर्ष २०२५÷२०२६ को योजना अनुरूप विभिन्न रचनात्मक कार्य गर्दै आएको क्लबका अध्यक्ष लक्ष्मण प्रसाद कोइरालाले बताए । क्लवले साउन  १० गते तानसेन नगरपालिका –७ प्रभास क्षेत्र परिसरमा विभिन्न प्रजातिका बिरुवाहरुको वृक्षारोपण गरेको छ । उसले वातावरणलाई  सुन्दर र हराभरा  बनाउने उद्देश्य अनुरुप वृक्षारोपण गरेको हो । वन विनासका कारण जलवायु परिवर्तन, वायु प्रदूषण जस्ता समस्याहरू देखा पर्दै गएकाले त्यसलाई रोक्न सचेतनामूलक रुपमा विरुवाहरु रोपण गरिएको क्लवका पास्ट प्रेसिडेण्ट रमेश न्यौपानेले बताए । वृक्षारोपण पश्चात रोपेका विरुवाहरुको संरक्षण महत्वपूर्ण भएकाले रोपेका विरुवाहरुलाई संरक्षणसहित हुर्काउने दायित्व पनि क्लवको नै रहेको क्लवका इमिडेट प्रेसिडेण्ट तथा वडा अध्यक्ष प्रदिप खनालले बताए । वृक्षारोपण केवल रूख रोप्ने कार्य मात्र होइन, यो हाम्रो भावी पुस्तालाई स्वच्छ र हरयिाली वातावरणको उपहार पनि भएको वृक्षरोपण कार्यक्रमका संयोजक डा.विलास श्रेष्ठले बताए । यस्तै क्ललवले साउन १२ गते बोलबम तीर्थयात्रीहरूलाई पानी वितरण गरेको थियो । उसले तानसेनको प्रवासस्थित सूर्यकुण्ड धाममा आएका तीर्थयात्रीहरुलाई पानी वितरण गरेको हो । क्लवले विश्व स्तनपान सप्ताहको अवसरमा सचेतना कार्यक्रम समेत गरेको छ । उसले लुम्बिनी मेडिकल कलेजको प्रसुति विभागमा सचेतना कार्यक्रम गरेको  थियो । आमा र शिशुको स्वास्थ्यको लागि पूर्ण स्थानपान आवश्यक भए पनि  धेरै आमाहरुले सचेतना अभावाका कारण गराउन नसकेको अवस्थामा क्लवले सचेतना जगाउने काम गरेकोमा स्त्रीरोग विशेषज्ञ तथा विभागीय प्रमुख डाक्टर दीपक श्रेष्ठले खुसी व्यक्त गरे । प्रेसिडेन्ट डा. शिखा पहारीले स्तनपान आमाको मात्रै कर्तव्य नभई समाज परिवार, कार्यक्षेत्रका संघसंस्थाहरुको पनि साझा जिम्मेवारी भएकाले आमाहरुलाई पूर्णस्तनपान गराउने कुरामा सबैले ध्यान  दिन जरुरी रहेको बताइन् ।

प्रोजेक्ट वियर सुनिल पोखरेलले स्तनपान गराउँदा शिशुको शारीरिक मानसिक वृद्धि र विकासका लागि अमृत समान हुने हुँदा भर्खर जन्मेका शिशुलाई डब्बा वा प्याकेजका दूत खुवाउनु भन्दा आमाले स्तनपान गराउनुपर्ने कुरामा जोड दिए । डा. समता नेपालले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउनु प्रारम्भिक स्तनपान  भएको बताइन् । उनले भनिन् “विगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुन्छ । जसले गर्दा बच्चालाई रोग लाग्नबाट बचाउन सकिन्छ । यसलाई प्राकृतिक खोपको रुपमा पनि लिने गरिन्छ ।” रोटरीका सल्लाहकार तथा बोर्ड अफ डाइरेक्टर निर्दोष खनालले स्तनपान जस्तो संवेदनशील विषयलाई रोजेर त्यो पनि आमाहरूलाई उनीहरूकै बेडसम्म पुगेर सचेतना कार्यक्रम गरेकोमा क्लवलाई धन्यवाद दिए । लुम्बिनी मेडिकल कलेजको कम्पनी सचिव  तथा रोटरी क्लब लुम्बिनीका उपाध्यक्ष कृष्ण पराजुलीले स्तनपान सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका लागि महत्वपूर्ण रहने बताए । आगामी दिनमा पनि सामाजिक क्षेत्रमा रचनात्मक कार्यक्रम गर्दै जाने क्लवका सचिव हरि अर्यालले बताए ।

–मन गहिरेबाट

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update