आज नागपञ्चमी पर्वः घर–घरमा नागको पूजा गरिँदै
मंगलबार, साउन १७, २०७९
सातै प्रदेशमा कोरोनाको उपचार
मंगलबार, साउन १७, २०७९
सरकारले सातै प्रदेशमा कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको दर फेरी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका अस्पतालहरुमा उपचारको व्यवस्था मिलाएको हो ।
विपन्न कुमालको निःशुल्क उपचार
मंगलबार, साउन १७, २०७९
आर्थिक अभावका कारण उपचार नपाएका जिल्लाको इस्मा गाउँपालिका–२ छल्दीका ६४ वर्षीय टीके कुमालको गुल्मी अस्पतालले निःशुल्क उपचार गरिदिएको छ । रुखबाट लडेर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि फोक्सोमा समस्याका कारण बुटवल रिफर गरिएको थियो । तर आर्थिक अभावका कारण उनी बुटवल नगई घर फर्किएका थिए ।
संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना
सोमबार, साउन १६, २०७९
केही समययता स्थिर रहेको कोरोना संक्रमण दर विस्तारै बढ्दो क्रममा देखिएको छ । देशका अधिकांश स्थानमा अहिले दिनहुँ जसो कोरोना संक्रमितहरु संख्या बढ्दै गएको हो । सोमबार मात्र थप ८ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
खिर खाएर मनाइयो साउने पन्ध्र
सोमबार, साउन १६, २०७९
आइतबार घर घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता अनुरुप परिवार र आफन्त जमघट भई खिर खाएर यो पर्व मनाइएको हो । विगत दुई वर्ष कोरोना महामारीका कारण सबै जमघट भई साउने पन्ध्र मनाउन नपाएकाहरुले यस...
‘म बनाउन्छु, मेरो रिब्दीकोट’
सोमबार, साउन १६, २०७९
देश संघीय व्यवस्थामा गएपछि पहिलो निर्वाचित स्थानीय सरकारको पाँच वर्षको पदावधि सकिएको छ । यो अवधिमा स्थानीय सरकार संस्थागत हुँदै गएको देखिन्छ । यो जनता नजिकको सरकार पनि हो ।
सदरमुकामको सडक स्तरोन्नति गर्ने काम अधुरै
सोमबार, साउन १६, २०७९
गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकाले डेढ वर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको मर्मत गरे पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवं बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ वर्ष नहुँदै सडक भत्किएको छ ।
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए
सोमबार, साउन १६, २०७९
स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८ सय ९४ वटा कृषि तथा पशुपक्षी र स–सानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।
हराउँदै खिरको मौलिक स्वाद
आइतबार, साउन १५, २०७९
हरेक वर्ष साउन १५ लाई खिर खाने पर्वको रुपमा लिइन्छ । आज पनि साउन १५, घर–घरमा खिर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति
आइतबार, साउन १५, २०७९
भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।
कोरोनाका कारण थप दुई जनाको मृत्यु
शनिबार, साउन १४, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा उपचाररत संक्रमितको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


