Shittalpati
भुवनपोखरीमा एमालेको भेला तथा चुनावी प्रशिक्षण

पाल्पा, नेकपा एमालेले जिल्लाको रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीमा भेला तथा प्रशिक्षण गरेको छ । एमालेले मंसिर ४ गते हुने प्रदेशर प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी भेला तथा चुनावी प्रशिक्षण गरेको हो ।

वडा भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य ओम बहादुर घर्ती मगरले देशको विकास गर्न, महँगी नियन्त्रण गर्न शुुसासन कायम गर्न जनताले आउदो मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
वर्तमान गठबन्धन सरकारले उपभोग्य वस्तुहरुको महँगी बढाएको, जताततै भ्रष्टाचार गरेको, पेट्रोलियम पदार्थ, डिजेल, पेट्रोलमा दोव्बर मूल्यवृद्धि गरेको, कृषकहरुलाई मल उपलब्ध नगराएको, प्रधानमन्त्री आफ्नालाई प्रहरी प्रमुख बनाउन ऐन नियम नै संसोधन गरेको, राष्ट्रघाती नागरिकता विधेयक ल्याएको, अमेरीकासँग एमसीसी र एसपिपि जस्ता राष्ट्रघाती सम्झौता गरेर देश र जनताको विरुद्धमा काम गरेको एमाले लुम्बिनी प्रदेश सदस्य घर्ती मगरले आरोप लगाए । देशको विकास गर्न, नेपालीलाई सुखी र सम्वृद्ध बनाउन एमाले नयाँ सरकार गठनको लागि आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरेर चुनावी प्रचारमा लागेको नेता घर्ति मगरले बताए ।

वडा भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य मिरा मरासिनीले महिला, दलित तथा उत्पीडित जातीहरुको हक हित र उत्थानका लागि सबैले नेकपा एमालेलाई मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न र गराउन कार्यकर्ताहरु अझै सक्रिय भएर लाग्नु पर्ने बताईन् ।पार्टी सचिव रामजी पोखरेलले यस क्षेत्रमा नेकपा एमालेको सक्रिय कार्यकर्ताहरु बढ्दै गएकाले आगामी निर्वाचनमा संघ र प्रदेशका प्रतिनिधीहरुमा एमालेको विजय सुनिश्चित रहेको दावी गरे । रैनादेवी छहरा पार्टी कमिटी अध्यक्ष राम प्रसाद ज्ञवाली, प्रदेश कमिटी सल्लाहकार सदस्य लाल बहादुर दर्लामी लगायतले कार्यकर्ताहरुलाई प्रशिक्षण गर्दै एमालेका उम्मेदवारलाई जिताउन आजै देखी घरदैलो अभियाना चलाउनु पर्नेमा जोड दिएका थिए । वडा कमिटी अध्यक्ष रमा नेपालीको अध्यक्षता ,वडा कमिटी इञ्चार्ज ज्ञान प्रसाद भण्डारीको स्वागत र सचिव भेषराज पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update