संघ र प्रदेशको चुनाव मंसिर ४ मा हुने
बिहीबार, साउन १९, २०७९
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित
बिहीबार, साउन १९, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् । उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आए पछि भने उत्साहित भएका हुन् ।
बगनासकालीको ८७.९ प्रतिशत वित्तीय प्रगति
बिहीबार, साउन १९, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाको ८७ दशमलव ९ प्रतिशत वित्तिय प्रगति भएको छ । पालिकालाई आर्थिक २०७८/०७९ मा प्राप्त भएको ५० करोड १२ लाख २० हजार ४ सय ३७ बजेट मध्ये पूँजीगत र चालुतर्फ ८७ दशमलव ९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।
गौतमश्री सहकारीको सम्पत्ति रोक्का
बिहीबार, साउन १९, २०७९
काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेका सम्पती रोक्का गरिएको छ । सहकारी विभागले उक्त सहकारीको देशका विभिन्न सात स्थानमा रहेको सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई पत्राचार गरेको छ ।
पाल्पामा एमाले प्रचार विभागको बैठक,कार्ययोजना निर्माण गर्न समिति गठन
बुधबार, साउन १८, २०७९
नेकपा एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक तानसेनमा बसेको छ । विभागको बुधबार तानसेनमा बसेको पहिलो बैठकमा विभागका सदस्यहरुले आ–आफ्ना विषयवस्तु तथा एजेण्डाका विषयमा छलफल गरेका थिए ।
नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून
बुधबार, साउन १८, २०७९
नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ ।
शर्माको पुनरागमनले उठाएको प्रश्न
बुधबार, साउन १८, २०७९
अर्थमन्त्री जनार्दन शर्माको अर्थ मन्त्रालयमा पुनरागमनसँगै केही गम्भीर सैद्धान्तिक प्रश्न खडा भएका छन् । शर्माको पुनरागमनले संसदीय छानबिन समितिको औचित्य, सान्दर्भिकता, छानविन प्रक्रिया, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण, नैतिकता र मुलुकको शासन प्रणालीसँगका विषयमा गम्भीर प्रश्न खडा गरेको छ ।
कालीगण्डकी गाउँपालिकाका ५६ छोरीले पाए दुई लाख ८० हजार
बुधबार, साउन १८, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले कूल दुई लाख ८० हजार रुपैयाँ पाएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
नगरवासीलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता
बुधबार, साउन १८, २०७९
स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो । नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
पाल्पामा ३ अर्ब ३३ करोड बढी बजेट फ्रिज
बुधबार, साउन १८, २०७९
पाल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ३ अर्ब ३३ करोड बढी रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका लागि प्राप्त भएको कूल १४ अर्ब ९७ करोड ६१ लाख ६९ हजार ३ सय २३ बजेट मध्ये ३ अर्ब ३३ करोड ६४ लाख १२ हजार ६ सय...
मनाइयो नागपञ्चमी
मंगलबार, साउन १७, २०७९
नागपञ्चमी पर्व मगलबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे हो ।
गाडी किनेको पैसा दिने भन्दै जंगलमा लगेर साथीको हत्या
मंगलबार, साउन १७, २०७९
गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले अफ्फ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनावद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने...


