Shittalpati
पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान

कृष्ण पोखरेल
पाल्पा, नेपाली काग्रेस पाल्पाले ‘जनताको साथमा काँग्रेस’ अभियान नियमित रुपमा सञ्चालन गर्दै आएको छ । आगामी मंसिर ४ हुने संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस पाल्पाले जिल्लाको प्रतिनिधी सभाको २ वटा र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गर्दै आएको हो ।

भदौ १० गते पार्टी कार्यालय तानसेनबाट शुरु भएको कार्यक्रम भदौ २४ गते विपि जयन्तीको दिन समापन हुने छ । कार्यक्रममा मंसिरमा ४ गते सबै मतदाताहरुलाई निर्वाचन सहभागी हुन अनुरोध गर्ने, जनताको घर घरमा पुगी जनताका गुनसा, सुझाव सुन्ने, काँग्रेसले गरेको विकास निर्माण तथा कामको बारेमा जानकारी गराउने, आगामी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन जनतासँग अपिल गर्ने र वर्तमान अवस्थामा निर्वाचनको तालमेलबारे पार्टी कार्यकर्ता तथा जनतालाई जानकारी गराउने लगायतका विषयमा पार्टी कार्यकर्ताहरुलाई जानकारी गराउँदै आएको पार्टी सभापति हिमालदत्त श्रेष्ठले बताए । जनतासँग काँग्रेस अभियानको लागि पाल्पामा केन्द्रीय प्रतिनिधीको रुपमा पार्टी केन्द्रीय सदस्य अव्दुल रजाक रहेका छन् ।

भदौ १७ गते महिला संग काग्रेस, भदौ १८ गते पाल्पाका १० वटै गाउँपालिका र ८१ वटा वडामा वडा समिती, क्षेत्रिय समिती, निर्वाचित नेपाली काग्रेस बाट प्रतिनिधीत्व गरेका जनप्रतिनिधी र स्थानीय निर्वाचनमा उम्मेदवार बनेका नेपाली काग्रेस उम्मेदवार तथा स्थानीय काग्रेसको सहभागितामा बृहत अन्तरक्रिया कार्यक्रम, भदौ १९ गते युवा संग काग्रेस, भदौ २१ गते विधार्थी संग काग्रेस र भदौ २४ गते वडामा विपि जयन्ती सहितको अन्तरक्रिया कार्यक्रम राखिएको पाटी सभापती श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update