Shittalpati
राम्दीस्थित वृद्धाआश्रममा रोटरी क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर, २६ वृद्ध लाभान्वित

मन गहिरे
पाल्पा,
रोटरी क्लब अफ पाल्पा  लुम्बिनीको आयोजनामा  शनिबार गल्याङ नगरपालिका वडा नं १ राम्दि धामको शिव पार्वती बृद्धआश्रममा निशुल्क स्वास्थ्य परिक्षण  शिविर सम्पन्न गरेको छ । शिव पार्वती आश्रमका २६ जना आमाबुवाको स्वास्थ्य  जाँच गरी आवश्यक औषधि प्रदान गरिएको थियो ।

आश्रमका वृद्ध वृद्धालाई  आबस्यक सामाग्री उपहार प्रदान गर्नुका साथै खाना खुवाउने कार्यक्रम भएको छ। कार्यक्रममा बोल्दै गल्याङ नगर पालिका प्रमुख गुरुप्रसाद भट्टराईले सामाजिक कार्यमा आबद्ध रोटरी क्लब पाल्पा लुम्बिनीले स्याङ्जा जिल्लामा पर्ने यस  राम्दीमा रहेको वृद्धाश्रममा आएर पुण्यको काम गरेकोमा क्लबलाई धन्यवाद दिदै शुभकामना व्यक्त गरे । चार्टर प्रेसिडेन्ट गोपालबहादुर पोखरेलले लुम्बिनी मेडिकल कलेजको स्थापना संगै  मानव सेवाको भाव लिएर स्थापना भएको रोटरी क्लब पाल्पा लुम्बिनीले विगतका दिनहरूदेखि नै समाजसेवा गर्दै आएको छ।  आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिँदै जानेछ भन्ने बिश्वास लिएको बताउदै आफुले गरेको  कमाइको केहि अंश भएपनि  मानव सेवामा लगाउनु सबैभन्दा ठुलो पुन्य भएको बताए । आश्रमका ब्यबस्थापक सुनिल श्रेष्ठले वालिङ दश भकुण्डेको नाममा खोलिएको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्य संस्थालाई राम्दिमा स्थापना गरी सञ्चालन गर्दै आएको र वृद्धाश्रम दाताहरूकै सहयोगबाट चलेको बताए ।  स्वास्थ्य शिविरमा डाक्टर रुबन राज जोशी,डा हिमाल घिमिरे, डा प्रकाश् न्यौपाने, डा नविनत यादव,  प्रेसिडेन्ट इलेक्ट शिखा पहारी लगायतको टिम स्वास्थ्य परीक्षणमा खटिएका थिए ।

लुम्बिनी मेडिकल कलेजको प्राबिधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा पास्ट प्रेसिडेन्ट रो निर्दोष खनाल ,खडग बहादुर जिरेल ,रमेश न्यौपाने ,रोटरी फाउन्डेसन डाइरेक्टर क्लबका चियर गोविन्द गौतम, रो ।नरेश नेपाल ,लगायत रोटरी क्लब अफ लुम्बिनीका पदाधिकारीहरु एव रोटरीएनहरुको बाक्लो उपस्थिति रहेको थियो ।   रोटरी क्लब पाल्पा लुम्बिनीका अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनिल पोखरेलको स्वागत, सेक्रेटरी हरि अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो। उक्त औपचारिक  कार्यक्रम पश्चात् पिकनिक स्थलमा गइ मनोरञ्जनात्मक कार्यक्रम गरि  सहभागीहरु बीच प्रतियोगितात्मक  खेलमा  पहिलो ,दोस्रो र तेस्रो हुने जोडीहरुलाई पुरस्कार प्रदान गरिएको  थियो ।


 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update