विद्यार्थीको भविष्यमाथि त्रिविको खेलवाड
बिहीबार, साउन १२, २०७९
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर
बिहीबार, साउन १२, २०७९
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् ।
एसईईको नतिजा सार्वजनिक
बुधबार, साउन ११, २०७९
राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।
पाल्पामा बुधबार थपिए ७ कोरोना संक्रमित
बुधबार, साउन ११, २०७९
पछिल्लो २४ घण्टामा पाल्पामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार परीक्षण गरिएका ३९ जना मध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा
बुधबार, साउन ११, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
बसमा आगलागी हुँदा ३३ यात्रु घाइते
बुधबार, साउन ११, २०७९
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् ।
गुल्मीमा अझै भेटिएनन् हराएकाहरू
बुधबार, साउन ११, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँडिन् । उनी आफू मात्रै हिँडिनन्, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर गईन् । छविकला आउने आशामा परिवारले झण्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु
बुधबार, साउन ११, २०७९
लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेशको बाँके, रुपन्देही, बर्दिया, नवलपरासी र कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो ।
एसईईको नतिजा खल्तीबाट निःशुल्क
बुधबार, साउन ११, २०७९
‘खल्ती’ ले एसईईको नतिजा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाएको छ । डिजिटल वालेटले विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरी नतिजा निःशुल्क हेर्ने व्यवस्था मिलाएको हो । यस सहकार्यसँगै अब एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क रुपमा...
पाल्पामा ६ जना कोरोना संक्रमित थपिए
मंगलबार, साउन १०, २०७९
पछिल्लो २४ घन्टामा पाल्पामा ६ जना कोरोना संक्रमित थपिएका छन् । २१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।


