Shittalpati
भाइटीकाको साइत ११ः३७ बजे
भाइटीकाको साइत ११ः३७ बजे यस वर्षको भाइ टिका कार्तिक १० गते बिहीबार परेको छ । यसदिन साइत जुराएर टिका लगाउनेहरुका लागि विहान ११ः३७ बजे शुभसाइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गर्दै भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको जनाएको छ ।
उम्मेदवारको खर्च सीमा
उम्मेदवारको खर्च सीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवार र राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा जुटेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि विभिन्न आचरसंहिता र सीमाहरु तोकेको छ ।
बझाङमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।
नेपालमा भूकम्पको झट्का महशुस
नेपालमा भूकम्पको झट्का महशुस नेपालमा भूकम्पको झट्का महसुस गरिएको छ । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको हो । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको जट्का महसुस गरिएको छ । भूकम्पको इपिसेन्टर कहाँ हो जानकारी नआइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा निर्धारण गरेको हो ।
तिहारलाई झिनिया
तिहारलाई झिनिया गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पूर्तिघाट बजारमा तिहारका लागि बनाईएका झिनिया सुकाउँदै स्थानीय । तिहार नजिकिएसँगै यहाँका स्थानीयलाई झिनिया बनाउन भ्याईनभ्याई छ ।
‘विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध’
‘विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध’ रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । विपद् जोखिम न्यूनिकरण स्थानीयकरण विषयक २ दिने अभिमूखिकरण तथा स्थानीय सरकारको क्षमता विकास तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगर भित्रको विपद् व्यवस्थापनमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
निष्पक्षका लागि आचरसंहिता
निष्पक्षका लागि आचरसंहिता यतिबेला मुलुुक निर्वाचनमा होमिएको छ । राजनीतिक दल र सरकारले आफ्ना तयारीहरु चुनाव केन्द्रीत गरिरहेका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो । निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया नै हो तर जित्नका लागि साम, दाम, दण्ड, भेद सबै प्रकारका हतकण्डा अपनाइन्छ । तर यस्ता कार्य रोक्नकै लागि...
तापक्रम घट्दै, चिसो बढ्दै
तापक्रम घट्दै, चिसो बढ्दै मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।
वायुसेवा निगमले तिर्यो कोषलाई ७३ करोड
वायुसेवा निगमले तिर्यो कोषलाई ७३ करोड राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते रु ७३ करोड नौ लाख ५५ हजार...
गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह
गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह ‘गठबन्धनका कारण पनि लहर आएको छ, तपाईँहरू जित्नुपर्छ, तर जिते पछि किसान र गरीबका समस्याको सही पहिचान गर्नुहोला ।’ झट्ट सुन्दा सामान्य जस्तो लाग्ने तर, अत्यान्तै महत्वपूर्ण र मर्म छुने खालको यो भनाई कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्ग बलाल टोलका ७१ वर्षीय जेष्ठ किसान टीकाबहादुर बलालको हो ।
निष्पक्ष निर्वाचनलाई जोड दिदैं पाल्पा विकास केन्द्र
निष्पक्ष निर्वाचनलाई जोड दिदैं पाल्पा विकास केन्द्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर, निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयास संसारभर नै हुन्छ । धेरै मुलुकमा निर्वाचनको बेला थरीथरीका धाँधली हुन्छन् । नेपालमा पनि निर्वाचनका बेला केही कुख्यात धाँधलीहरु हुँदै आएका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।
Weather Update