Shittalpati
पाल्पाको रिब्दीकोटमा दुई दर्जन एमालेका कार्यकर्ता काँग्रेसमा

पाल्पा, पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमालेबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
मंगलबार रिब्दीकोट गाउँपालिकामा युवा संघका पूर्व जिल्ला सदस्य खेमजंग रानासहितका दुई दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । बहुमत पाएर पनि पुरा सरकार सञ्चालन गर्न नसकेको र पटक पटक संसद विघटन गर्नेदेखि संविधान नै मिच्ने काममा अग्रसर एमालेमा बसि रहन नसक्ने भन्दै पार्टी परिवर्तन गरी काँग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरु बताउँछन् ।
पाल्पाका उर्जाशील युवा नेता तथा नेपाली काँग्रस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नवप्रवेशीहरुलाई एक कार्यक्रमका बिच सदस्यता वितरण गरेका छन् । पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै सभापति श्रेष्ठले एमालेबाट जनताहरु आजित भइरसकेकाले पूर्वी पाल्पादेखि पश्चिमसम्मका युवाहरु यतिबेला काँग्रेस प्रवेश गर्न थालेको बताए । जिल्लामा अब यसैगरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै जाने सभापति श्रेष्ठले विश्वास व्यक्त गरे । उनले नयाँ प्रवेशीहरुलाई बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचल्लित नभई एकाकार हुन समेत सबैलाई आग्रह गरे । सभापति श्रेष्ठले काँग्रेस सधैँ गरिब, दलित, अन्याय, अत्याचार, भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update