Shittalpati
भुतपूर्व सैनिकले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको छ : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति तथा गठबंधनका संयोजक हिमालदत्त श्रेष्ठले भुुतपुर्व सैनिकहरुले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको बताएका छन । उनले दुई पटकसम्म संसद् विघटन गर्नेले फेरि टाउको उठाउन खोजेको भन्दै अब भुतपूर्वक सैनिकहरुले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको बताएका हुन् ।

माथागढी गाउँपालिका अन्तर्गत रुप्से र कसेनी क्षेत्रका भुतपुर्व सैनिकको भेलालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएका भुतपूर्वक सैनिकहरुले देशलाई अब कुन दिशामा लैजाने भन्ने कुरा अहिले नै निक्यौल गर्नु पर्ने धारणा व्यक्त गरे ।

सत्ता गठबन्धनका जिल्ला संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ उनले दुई तिहाइ मत दिएर संसदमा पठाएको एमालेले राम्रोसँग संसद चलाउन नसकेर जनतालाई धोका दिएको बताए । दुई तिहाई मत सहित पाँच वर्ष संसद् चलाउने जनमत पाएको एमालेले जनमत कुल्चिएर दुई÷दुई पटक संसद भंग गरेकाले अहिलेको चुनावमा हामीलाई मत दिनुस् भन्नु नैतिकता नभएको र जनता झुक्काउने खेल मात्रै भएको सभापति श्रेष्ठले बताए । उनले दुई/दुई पटक संसद भंग गर्ने, देशमा अस्थिरता फैलाउने, स्वच्छाचारिता गर्ने केपी ओली र उनको पार्टीले फेरी जनतलाई भुलभुलैयामा पार्नको लागि मत मागिरहेकाले भुुतपूूर्व सैनिकहरु समेत सचेत बन्नुपर्ने बताए । आफू दुई तिहाई मत सहित सत्तामा हूँदा राम्रोसँग सरकार चलाउन नसक्ने अनि फेरी कुन मुखले भोट देउ भनेका छन्, उनीहरुलाई सबै नागरिकले प्रश्न सोध्नुपर्ने र त्यसका विरुद्धमा गठबन्धनलाई विजयी गराउनुपर्ने श्रेष्ठको भनाई छ । उनले भुपुहरुको शिर झुक्न नदिने गरी गठबन्धनले काम गर्ने समेत बताए ।

कार्यक्रममा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सन्दीप रानाले भुतपुर्व सैनिकले हरेक आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेको बताए । लोकतान्त्रिक आन्दोलनका साथै हरेक पटक युवाको साथै पाका पुस्ताको अनुभव एकैठाउँ हुनुपर्ने उनले बताए । क्षेत्र १ (२) का उम्मेदवार शंकर खनालले लामो समयदेखि कांग्रेसले नेतृत्व गर्न नपाएकोले यसपटक मत दिएर बिजयी गराउन सबैलाई आग्रह गरे । प्रदेश समानुपातिक उम्मेदवार तारा रसाइली, क्षेत्र १ का तरुण संयोजक शंकर खाँण, माथागढी गाउँपालिका तरुण संयोजक राजन बलाल, भुपु सैनिक कल्याणकारी संघका ज्येष्ठ सदस्य खेमान सिंह राना, कांग्रेस कसेनी वडा सभापति खोम बहादुर गाहा लगायतले यसपटक गठबन्धनलाई बिजयी गराउन आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update