Shittalpati
जनताको आवश्यकताले उम्मेदवार भएको हुँ : गैरे

पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले जनताको आवश्यकताले आफु प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार बनेको बताएका छन् । उनले घरलैलो तथा चुुनावी सभालाई सम्बोधन गर्दै उस्तो बताएका हुन् ।

उम्मेदवार गैरेले आफुले ३२ बर्षसम्म पार्टीको राजनीति मात्र गरेको र पहिलो पटक संसदीय निर्वाचनमा जनताको माग अनुसार उम्मेदवार भएकाले सेवा गर्ने मौका दिन बगनासकालीवासीसँग अनुरोध गरे । उम्मेदवार गैरेले बगनासकाली गाउँपालिकाभित्रका सबै वडा र टोलहरुका समस्याहरुलाई टिपोट गरेको र आगामी ५ वर्षभित्र क्रमशः जनताका आवश्यकताहरुलाई पूरा गर्दै जाने बताए ।

यहाँको शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको र ग्रामीण क्षेत्रलाई उत्पादन मुलक बनाउँदै बढ्दो बसाइसराई न्युनीकरणको लागि आफूले ठोस पहल गर्ने उम्मेदवार गैरेले बताए । यस्तै नेकपा एमाले पाल्पा क्षेत्र नं २ (१ )का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू निर्वाचित भएपछि जनताको मर्म र भावना अनुसार काम गर्ने बताए । बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडा र वडा नं. ६ यम्घाका मतदाताहरुसँगको भेटघाट तथा घरदैलोको क्रममा उम्मेदवार भट्टराईले आफ्नो जीवनको उर्जाशिल समय नै सामाजिक राजनीतिक क्षेत्रमा बिताएको उल्लेख गर्दै आफु सेवक बनेर काम गर्ने बताए । निर्वाचित भए पछि आफ्नो निर्वाचन क्षेत्र सहित समग्र पाल्पाको गरिमालाई अझै उचों बनाउने गरी काम गर्ने उनले प्रतिवद्धता जनाए । यहाँको खानेपानी समस्यालाई दीगो रुपमा समाधानगर्ने र उपभोक्ताको धारामा दैनिक खानेपानी उपलब्ध हुने र पानी लिनकै लागिखोला खोला पधेरामा जाने समस्याको समाधानमा आफ्नो पहिलो प्राथमिकता रहने एमाले उम्मेदवार भट्टराईले बताए । यस्तैगरी नेकपा एमाले पाल्पा क्षेत्र नंं. २ प्रदेश २ का नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्तीमगरले रैनादेवी छहरा गाँउपालिकाको जुठापौवा र बल्ढेंङगढी क्षेत्रको विकासमा आफ्नो पहल रहने बताएका छन् ।

उम्मेदवार घर्तिले जुठापौवा र बल्ढेंङगढी क्षेत्रको सडक पूर्वाधार कमजोर हुदाँ जनताले धेरै सास्ती खेप्नुपरेको बताउदै आफु यो विषयमा चिन्तित भएको बताए । उम्मेदवार घर्तिले आफु निर्वाचन भपछि पहिलो प्राथमिकता सडकको स्तरउन्नति रहने बताए । उम्मेदवार घर्तिले कृषि, पशुपालन र युवा स्रोजगारका क्षेत्रका आवश्यक परियोजना सञ्चालन गर्ने बताए । उम्मेदवार घर्तीमगरले बिजुली बत्ति र सञ्चार क्षेत्रको विकासका लागि जनतासंगै रहेर पहल गर्ने बताए । यस क्षेत्रको विकासका लागि आफ्नो अनुभव र योजना विशेषखालको रहेकोले कार्यान्वयनका लागि सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई विजयी गराइ काम गर्ने अवसर दिन मतदाता संग आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update