Shittalpati
आमनिर्वाचन २०७९ :  पाल्पा र गुल्मीमा कहाँबाट को उम्मेदवार ?
आमनिर्वाचन २०७९ : पाल्पा र गुल्मीमा कहाँबाट को उम्मेदवार ? आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई/दुुई वटा प्रतिनिधि सभा र चार/चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका पाल्पा र गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको...
होटल व्यवसायमा समस्या, व्यवसायी चिन्तित
होटल व्यवसायमा समस्या, व्यवसायी चिन्तित कोरोनापछि पर्यटकीय नगरी तानसेनका होटल व्यवसायमा समस्या थपिदै गएको छ । लकडाउनपछि बामे सर्न लागेका व्यवसायमा समस्या थपिदै गएको हो । ‘बैंकमा ऋण छ, मासिक किस्ता र व्याज नै ६ लाख वढी तिर्नुपर्छ’, तानसेनमा होटल व्यवसाय गर्ने लक्ष्मण बस्याल भन्छन् । ऐतिहासिक र सांस्कृतिक नगरीको परिचय बनाएको तानसेनमा पयर्टन प्रवद्र्धनका...
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको...
बेथल भूपू विद्यार्थी समाजले मनायो साधारण सभा
बेथल भूपू विद्यार्थी समाजले मनायो साधारण सभा बेथल भूपू विद्यार्थी समाज तानसेनले ११ औं साधारण सभा मनाएको छ । बेथल इङ्लिस बोर्डिङ स्कूलमा गठित समाजले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा समाजका संरक्षक विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले स्कूले जीवनका साथीहरुसँगको अनुभव र मित्रता अत्यन्तै अविस्मरणीय हुने भएकाले विद्यालयमा समाज गठन...
माछापुच्छ्रेले वार्षिक उत्सवमा गर्‍यो कर्मचारीलाई सम्मान
माछापुच्छ्रेले वार्षिक उत्सवमा गर्‍यो कर्मचारीलाई सम्मान माछापुच्छ्रे बैंकले २३ औं वर्षमा प्रवेश अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले वार्षिक उत्सवमा एक औपचारिक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको हो ।
पाल्पामा कहाँबाट को उम्मेदवार ?
पाल्पामा कहाँबाट को उम्मेदवार ? आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको छ । पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधी सभा सदस्य १ सिटको लागि १० जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५...
गुल्मीमा कहाँबाट को उम्मेदवार ?
गुल्मीमा कहाँबाट को उम्मेदवार ? आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले पाल्पामा विवाद
एमाले पाल्पामा विवाद आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारीको विषयलाई लिएर एमाले पाल्पामा तीव्र विवाद उत्पन्न भएको छ । एमालेले पाल्पाका दुुई क्षेत्र र चार प्रदेश सभामा उम्मेदवारको टुुंगो लगाएरसँगै वडा तहबाटै विवाद चर्किएको हो ।
यी हुन् पाल्पामा एमालेका उम्मेदवार
यी हुन् पाल्पामा एमालेका उम्मेदवार आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारहरु नाम टुंगो लगाएको छ । एमालेले पाल्पा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ ।
पाल्पामा गठबन्धनले टुंग्यायो उम्मेदवार
पाल्पामा गठबन्धनले टुंग्यायो उम्मेदवार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पामा गठबन्धनले उम्मेदवार टुंगो लगाएको छ । गठबन्धन दलले जिल्लाका दुुई प्रतिनिधि सभा र चार प्रदेश सभाको निर्वाचननका लागि उम्मेदवारको टुुंगो लगाएको हो ।
प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट
प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो ।
सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै
सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । शनिबार एमाले छाडेका वामपन्थी नेता भुसालले आज रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिन लागेको बताए ।
Weather Update