Shittalpati
२६ संक्रमित डिस्चार्ज

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पताल तथा होमआइशोलेसनमा उपचारत थप २६ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

यस्तै विहीबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट १ हजार २ सय ५२ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ सय ७ र एन्टिजेनबाट ५ सय ४५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप २६ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update