रैनादेवी मन्दिर निर्माणको लागि प्राविधिक नापजाँच
मंगलबार, असोज ११, २०७९
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंगलबार, असोज ११, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए ।
मदनपोखरा सहकारीको अध्यक्षमा घिमिरे
मंगलबार, असोज ११, २०७९
मदनपोखरा संगम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा घनश्याम घिमिरे चयन भएका छन् । सहकारीको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार
मंगलबार, असोज ११, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा पुगेको छ ।
गाउँमा पहिलो पटक बिजुली पुगेपछि...
मंगलबार, असोज ११, २०७९
निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत सेवा नपुग्दा उनलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी छन् ...
असईका छोराले जन्मदिनमा गराए असहायलाई भोजन
मंगलबार, असोज ११, २०७९
पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने नेपाल प्रहरीका एक असईका छोराले जन्मदिनमा असहायलाई भोजन गराएका छन् ।
पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव
मंगलबार, असोज ११, २०७९
पाल्पामा पाँच दलीय गठबन्धन दलले जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले गठबन्धन दलले के गर्दा राम्रो हुन्छ ? भन्ने विषयमा सुझाव मागेको हो ।
विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर
मंगलबार, असोज ११, २०७९
राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ । बैंकले दसैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको हो । बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक)...
छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध
सोमबार, असोज १०, २०७९
दसैँ नजिकिँदै गर्दा हाल देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबेँसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् ।
मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण
सोमबार, असोज १०, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए ।
छहराको भुवनपोखरीमा आयुर्वेदिक क्लिनिक सञ्चालन
सोमबार, असोज १०, २०७९
जिल्लाको रैनादेवीछहरा गाउँपालिकाले वडा नंं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा गाउँ घर क्लिनिक सेवा सुुरु गरेको छ । नागरिक आरोग्य सेवाको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे ।
बडादसैं सुरु, आज घटस्थापना, १०ः२३ मा शुभ साइत
सोमबार, असोज १०, २०७९
प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घर–घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
‘चिज’ बनाउन सिकाउँदै गल्याङ नगरपालिका
सोमबार, असोज १०, २०७९
स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चिज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चिज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चिजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रम अन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चिज’ उत्पादन...


