Shittalpati
झुम्सादेखि दोभानसम्मको क्षेत्रमा नमुना एकिकृत बस्तीको विकास गर्छौं : गठबन्धन उम्मेदवार

पाल्पा, सत्ता गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकाको झुम्सादेखि दोभानसम्मको क्षेत्रमा नमुुना एकिकृत बस्तीको विकास गर्ने बताएका छन् । उनीहरुले आइतबार तिनाउको सत्यवती, दोभानमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यहाँको क्षेत्रलाई एकिकृत नमुुना बस्तीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेले झुम्सादेखि दोभानसम्मको क्षेत्र एकिकृत बस्ती निर्माण गर्न उपुक्त भएकाले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले त्यो काम गर्ने बताए । झुम्सा–दोभान क्षेत्रमा एकिकृत वस्ती विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने उम्मेदवार पाण्डेले प्रतिवद्धता व्यक्त गरे । उनले पाल्पा बुटवल सडकको सिद्धबाबा क्षेत्रको बाटोमा आफ्नै पहलमा १० अर्बको बजेट सुनिश्चित भएको र अहिले ठेक्का प्रक्रियासँगै सुरुङ्गमार्ग निर्माणको चरणमा रहेको समेत बताए । उनले सिद्धार्थ राजमार्ग वरपर राजमार्ग क्षेत्रको वस्तीमा टिप्परको धुलो र धुवाँ तथा ध्वनी प्रदुषण नियन्त्रणमा आफूले ध्यान दिने बताए । उम्मेदवार पाण्डेले ऐतिहासिक सत्यवती ताल जान तिनाउ खोलाको गोरबन्दी घाटमा पुल निर्माण गर्ने , सत्यवतीसम्मको सडक पिच गर्ने, कृषि उत्पादनलाई जोड दिदै आम नागरिकको जीवस्तर उकास्ने बताए । उनले आफ्नो पहलमा दोभान खोला र कचल खोलामा ४० करोड बराबरको बजेटमा पुल निर्माण भएको, नुवाकोट गढीमा मगर संस्कृतिको संरक्षण गर्न ७ करोड बजेटमा सांस्कृतिक डवली निर्माण गरिएको बताए ।
प्रदेश सभा (२) २ का उम्मेद्वार तुलाराम घर्तीले पनि तिनाउको सत्वती र दोभान क्षेत्रको समग्र आर्थिक र पूर्वाधार विकासमा आफूले काम गरेको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिने भएकाले गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए । उनले झिगामारा, हरियाली गाउँ हुँदै अर्घाखाँची जोड्ने सडकको स्तरन्नोति गर्ने, तिनाउ गाउँपालिकाको पहुँचमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोज गर्न पहल गर्ने बताए । उनले पहुँचमार्ग निर्माणका लागि आफुुहरुले प्रदेश सरकारबाट पटक–पटक बजेट विनियोजन गरे पनि तिनाउ गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा प्रदेश सदस्यका उम्मेदवार ओम घर्तीले राजनीतिक प्रतिशोध राखेर काम नै नगरी बजेट फ्रिज गर्ने गरेका कारण काम हुन नसकेको आरोप लागाए । कार्यक्रममा गठबन्धनका जिल्ला संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, प्रतिनिधि सभा सदस्य समानुुपातिकका उम्मेदवार सन्दीप राना, प्रदेश समानुपातिक सदस्यका उम्मेदवार रितु श्रेष्ठ, तारा रसाइली, लक्ष्मी पाठक, माओवादी केन्द्रका केन्दीय सदस्यहरु चक्रवियुु थापा, पुरन केसी, नेपाली काँग्रेसका लुुम्बिनी प्रदेश सदस्य महेन्द्र पाण्डे, काँग्रेस नेता प्रेम प्रसाद पाण्डे, एकिकृत समाजवादीका नेता अरव्रिन्द पाण्डे, माओवादीका नेता अमर प्रधान, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य दिनेश जिसी, तिनाउ गाउँपालिका पूर्व प्रवक्ता राजेश श्रेष्ठ, दुुर्गाबहादुर थापा,हरी पाण्डे लगायतका नेताहरुले तिनाउ र समग्र पाल्पा जिल्लाको विकासको लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update