Shittalpati
पाल्पाकी अधिकारीलाई ‘इन्टेग्रिटी आइकन–२०२२’

पाल्पा, सडक विभागकी इन्जिनियर कल्पना अधिकारी यसवर्षको ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मानित भएकी छन् । पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानी, बुढीकोटकी अधिकारी सार्वजनिक प्रशासन क्षेत्रमा उत्कृष्ट काम गरेकाले ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मानित भएकी हुन् । एकाउन्ट्याबिलिटी ल्याब नेपालले सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्यांकनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको छ । यसवर्ष इन्जिनियर अधिकारीसहित पाँचजनालाई ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’बाट सम्मान गरिएको हो ।

जसमा सीमा प्रशासन कार्यालय नाम्चेकी शाखा अधिकृत सुजनकुमारी बर्देवा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हवल्दार राजेश साह जयसवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्की रहेका छन् । आइकनबाट सम्मानित पाल्पाकी अधिकारी २०६८ सालमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासनिक सेवाबाट सरकारी सेवाको सुरुवात गरेकी उनी एक वर्षपछि काठमाडौं उपत्यका सडक विस्तार परियोजनामा सरुवा भईन् । २०६९ मा त्यहाँ सडक सुधार हुँदा उनले त्यस परियोजनामा इन्जिनियरको जिम्मेवारी सम्हानुु परेको थियो । सडक विस्तार योजना अनुसार सार्वजनिक जग्गामा बनेका घरहरू भत्काउनु पर्ने थियो । तर, घर भत्काउने काम त्यति सजिलो थिएन । गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, कृष्ण पाउरोटी–जय नेपाल रोड, माइतीघर–भद्रकाली रोड, एनके सिंह मार्ग उनको जिम्मामा थियो । त्यस ठाउँमा निर्माण भएका संरचना भत्काउन खटिएका कर्मचारीप्रति स्थानीयहरू आक्रामक बने पनि अधिकारीले आक्रोशित स्थानीयलाई कन्भिन्स गरेरै तोकिएको समयभन्दा अगाडि नै काम पुरा गरेरै छाडिन् । त्यसपछि उनी २०७२ सालमा सडक डिभिजन कार्यालय दाङ सरुवा भएर गइन् । त्यहाँ पनि अधिकारीले कूूसलतापूर्व जिम्मेवारी पुुरा गरिन् । उनी त्यहाँबाट पनि २०७३ मा सडक सुधार तथा विकास आयोजना निर्देशनालय काठमाडौं सरुवा भईन्, २०७५ मा सहजपुर बोगटान दिपायल , मरामा गुलेरिया नेपालगञ्ज सडक योजना कैलाली ,२०७६ मा नागढुङ्गा सुरुङ्गमार्ग आयोजना ललितपुर र २०७८ मा कालिगण्डकी करिडोर (गौंडाकोट राम्दी मालढु) सडक योजना पाल्पा हुँदै हाल सडक विभाग ललितपुरमा इन्जिनियरको ङ्गारुपमा कार्यरत छिन् । अधिकारी जहाँ गईन, त्यहाँ रोकिएका कामलाई कूसलतापूर्व सम्पन्न गरेरै छाडिन् भने केही कामले निरन्तरता समेत पाए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update