पाल्पाली समाज युएईको शिक्षामा लगानी
शनिबार, कात्तिक ५, २०७९
रामपुरमा नगर सरकारको एक्सन, सडकमा राखिएका निर्माण सामग्री हटाउँदै
शनिबार, कात्तिक ५, २०७९
रामपुरमा नगर सरकारले सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन थालेको छ । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर सरकार आफैले डोजर, ट्रक र ट्याक्टर लगाएर हटाउन थालेको हो ।
‘निर्वाचनपछि गठबन्धनको सरकार बन्छ’
शुक्रबार, कात्तिक ४, २०७९
गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि संघीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको उनले बताए ।
पाल्पामा चुनावी घरदैलो तीव्र
शुक्रबार, कात्तिक ४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी घरदैलोलाई तीव्रता दिएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले सहित साना दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घर घरमा पुगिरहेका छन् ।
पाल्पाको माथागढीमा कुकुरले टोकेर २८ जना घाइते
शुक्रबार, कात्तिक ४, २०७९
पछिल्ला केही दिन यता जिल्लाको माथागढीमा सडक कुुकुरहरुले आतंक नै मच्याएका छन् । कुुकुरले बाटोमा हिड्ने मानिस र पशुुचौपायहरुलाई पिछा गर्ने र टोक्ने गरेका छन् । यहाँको चिदीपानी, रुप्से र कसेनीमा सडक कुकुरले टोकेर एकै दिन २८ जना घाइते भएका छन् ।
शिक्षामा लगानी गर्दै पाल्पाली समाज युएई
शुक्रबार, कात्तिक ४, २०७९
काम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउने उद्धेश्यले युवाको सहयोगमा पाल्पाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । वैदेशिक रोजगारीका लागि युएई गएका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज युएईले जिल्लाका ६२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना...
परम्परागत आरन बन्न थाले घरेलु उद्योग
शुक्रबार, कात्तिक ४, २०७९
पाल्पाको वगनासकाली ६ यम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी—तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थालेका छन् । ‘हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्यौ, बुबाको निधनपछि छोडियो’, खिमबहादुर भन्छन्, ‘अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौंँ ।’
तानसेन नगर सरकारद्वारा रेडक्रसलाई एम्बुलेन्स
शुक्रबार, कात्तिक ४, २०७९
तानसेन नगर सरकारले नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखालाई वि ग्रेटको एम्बुलेन्स दिएको छ । नगरवासीको सेवा सुविधाको लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रस पाल्पाको ४० प्रतिशत लगानीमा खरिद गरिएको एम्बुलेन्स नगर सरकारले रेडक्रसलाई दिएको हो ।
गुल्मीका कार्यालयमा छड्के
शुक्रबार, कात्तिक ४, २०७९
जिल्लाका सरकारी कार्यालयहरुमा छड्के अनुुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि कार्यालयलहरुमा छड्के अनुुगमन गरेको हो । जिल्ला सदरमुकाम तम्घारमा रहेका सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नागरिक समाज, पत्रकारको टोलीले कार्यालयमा छड्के गरेको छ ।
तिहार लक्षित नेपाली फिल्म
बिहीबार, कात्तिक ३, २०७९
चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउँछन् ।
माधवकुमार नेपाललाई स्पष्टीकरण
बिहीबार, कात्तिक ३, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
भिरबाट लडेर वृद्धको मृत्यु
बिहीबार, कात्तिक ३, २०७९
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।


