एनआईसी एशिया बैंकले दक्षिणा दिने
सोमबार, असोज १०, २०७९
गुल्मीको पेगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुँदै, तयारी तीव्र
आइतबार, असोज ९, २०७९
गुल्मीको मुसिकोट नगरपालिका–३ पेंगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुन लागेको छ । न्यू योङ्ग स्टार युवा क्लब पेगाले यही असोज १४, १५ र १६ गते खुला भलिबलसँगै सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता
आइतबार, असोज ९, २०७९
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अधिकांस नातागोता परेका छन् । सूचीमा प्रधानमन्त्रीपत्नीदेखि मन्त्री तथा पार्टीका वरिष्ठ नेताका पत्नीहरु परेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका हन् ।
आजबाट सकिँदै सोह्रश्राद्ध
आइतबार, असोज ९, २०७९
पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै छ । औँसी तिथि श्राद्ध गरी सोह्रश्राद्ध समापन गर्न लागिएको हो । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ...
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन
आइतबार, असोज ९, २०७९
भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ ।
नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका
आइतबार, असोज ९, २०७९
नवलपरासीपूर्वमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । मध्यविन्दु जिल्ला अस्पताल डण्डा र चौधरी फाउण्डेसले संयुक्तरुपमा सवल केन्द्र स्थापना गरेपछि हात तथा खुट्टा नहुनेहरु खुसी भएका हुन् । अरुको साहाराविना हिँडडुल गर्न समस्या हुनेहरु कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर हुन थालेका छन् ।
कोरोनासँगै डेंगुको सामना
आइतबार, असोज ९, २०७९
विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीले तनाव दिइरहेका बेला नेपालमा फेरी डेंगुको प्रकोपले अर्को तनाव सिर्जना गरिदिएको छ । कोरोना संक्रमणसँग लडिरहेका नागरिकहरु यति बेला डेंगुको प्रकोपसँग सामना गरिहेका छन् । कोही कोरोनासँग लडिरहेका छन् भने कोही डेंगुसँग । कतिपले यी संक्रमणलाई जित्न सफल भएका छन् भने कोही पराजित भई मृत्युको...
घुमन्ते कामदारका कारण व्यवसायी मारमा
आइतबार, असोज ९, २०७९
भारतीय घुमन्ते कामदारका कारण यहाँका फर्निचर उद्योगी मारमा परेका छन् । छिमेकी मुलुक भारतबाट आएका कामदारले घर –घरमै फर्निचर निर्माणको सेवा दिने गरेकाले स्याङ्जाका फर्निचर तथा फर्निसिङ उद्योगी मारमा परेका हुन् । आफूहरुले उद्योग दर्ता गरी नेपाल सरकारलाई राजस्व बुझाउँदै आएको तर यहाँ विनादर्ताका भारतीय कामदारका कारण उद्योग सञ्चालनमा समस्या...
रामपुरमा प्रशासन कार्यालयको भवन निर्माण सुरु
आइतबार, असोज ९, २०७९
रामपुर इलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माण सुरु गरिएकोे छ । रामपुर नगरपालिका ५ स्थित बेझाडमा तीन तले १७ कोठासहितको भवन निर्माण भइरहेको हो । बाँसुरी मोबाइल जेभीले भ्याटबाहेक चार करोड १४ लाख ७६ हजार ८ सय ६० को लागतमा भवननिर्माण गर्न गत असार २३ गते ठेक्का लिएको थियो ।
कुमारी बैंकको डिबेञ्चर बाँडफाँट
आइतबार, असोज ९, २०७९
कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ । भदौ १७ देखि ३१ सम्म निष्कासन गरेको उक्त ऋणपत्र बैंकले बाँडफाँट गरेको हो । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले ३ अर्ब बराबरको ३० लाख कित्ता...
बूढानीलकण्ठका सात स्थानमा घरबास सेवा
शनिबार, असोज ८, २०७९
बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो ।


