Shittalpati
जनताको भावना माथि खेलवाड नहोस्
जनताको भावना माथि खेलवाड नहोस् देश संघीय लोकतान्त्रीक गणतन्त्रात्मक साशन व्यवस्थाको पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी पुन: देश संघीय र प्रदेश चुनावको तयारीमा लागेको देखिन्छ । विभिन्न दलका उम्मेदवारहरुको मनोनयन सँगै देश पुनः निर्वाचनमय भइसकेको छ । अबको केहि महिना भाषण, घरदैलो, नारा, जुलुसले शहरमा मात्रै होइन् ग्रामीण क्षेत्रमा एक प्रकारको रौनक थपिने छ ...
पाल्पा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार र पत्रकार बीच अन्तरक्रिया
पाल्पा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार र पत्रकार बीच अन्तरक्रिया पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवार र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा उम्मेदवारहरुले मंगलबार तासेनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन् ।
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा असोज १८ गते रातीदेखि परेको अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोसँगै घरहरु चर्किएर जोखिममा रहेका हुन् । यहाँको रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकाका ३४ घरहरु जोखिममा रहेका छन् ।
आशै–आशमा टर्यो जहाज उड्ने सपना
आशै–आशमा टर्यो जहाज उड्ने सपना गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दसैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो...
गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल
गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल पाल्पामा गठबन्धन दलले उम्मेदवारी मनोनयन दर्ता गरेपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ । सोमबार गठबन्धन सम्बद्ध दलहरूले संयुक्त अपिल जारी गर्दै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।
तानसेनमा लोकतान्त्रिक गठबन्धनको प्रचार–प्रसार कार्यालय
तानसेनमा लोकतान्त्रिक गठबन्धनको प्रचार–प्रसार कार्यालय लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर २ को प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ ।
बाबुछोरा चुनावी मैदानमा
बाबुछोरा चुनावी मैदानमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् ।
सर्पले डसेर मृत्यु
सर्पले डसेर मृत्यु आइतबार राति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।
आफ्नै कोठामा युवती मृत फेला
आफ्नै कोठामा युवती मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मसारमा एक युवती मृत फेला परेकी छन् । मसारका सन्तोष विकको २२ वर्षीया श्रीमती रेश्मी विक आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
आमनिर्वाचन २०७९ :  पाल्पा र गुल्मीमा कहाँबाट को उम्मेदवार ?
आमनिर्वाचन २०७९ : पाल्पा र गुल्मीमा कहाँबाट को उम्मेदवार ? आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई/दुुई वटा प्रतिनिधि सभा र चार/चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका पाल्पा र गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको...
होटल व्यवसायमा समस्या, व्यवसायी चिन्तित
होटल व्यवसायमा समस्या, व्यवसायी चिन्तित कोरोनापछि पर्यटकीय नगरी तानसेनका होटल व्यवसायमा समस्या थपिदै गएको छ । लकडाउनपछि बामे सर्न लागेका व्यवसायमा समस्या थपिदै गएको हो । ‘बैंकमा ऋण छ, मासिक किस्ता र व्याज नै ६ लाख वढी तिर्नुपर्छ’, तानसेनमा होटल व्यवसाय गर्ने लक्ष्मण बस्याल भन्छन् । ऐतिहासिक र सांस्कृतिक नगरीको परिचय बनाएको तानसेनमा पयर्टन प्रवद्र्धनका...
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको...
Weather Update