Shittalpati
जनताको हितमा काम गछौं : आचार्य

पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि जनताको हितमा काम गर्ने बताएका छन् । पूर्वखोला गाउँपालिका–४ देवीनगरका विभिन्न ठाउँमा घरदैलो कार्यमक्रममा उम्मेदवार आचार्यले जनताको आवश्यकता र मागअनुसार काम गर्ने बताएका हुन् । आफू निर्वाचित भएलगत्तै पहिलो काम हुमिन–देवीनगर–जल्पा–बहादुरपुर सडकखण्ड कालोपत्रे गर्ने अन्य सडकहरूको स्तरोन्नति गर्ने बताए ।

एक घर एक धारा कार्यक्रमअन्तर्गत देवीनगर क्षेत्रका सबै घरमा पानीका धारा पु¥याउने, कृषिलाई व्यावसायिकरण गर्ने, युवालाई स्वरोजगार बनाउन उद्यमशील कार्यक्रम सञ्चालन गर्ने एमाले उम्मेदवार आचार्यले बताए । गुणस्तरीय शिक्षाका लागि विशेष कार्यक्रमका लागि पहल गर्ने उनले बताए । यस क्षेत्रको विकास गर्ने एमाले पार्टी हो, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अमूल्य मत दिएर सूर्य ध्वजाबाहक चिन्हमा मतदान गरी विजयी गराउने आचार्यले अपिल गरे ।

यस्तै नेकपा एमाले पाल्पा क्षेत्र नंं १ प्रदेश २ का प्रदेश सभा उम्मेदवार खेम बहादुर सारुले आफ्नो जित सुनिश्चित रहेकोले मंसिर ४ गते कुरिरहेको बताए । पुर्वखोला गाउँपालिका वडा नं ४ देवीनगरका मतदाता संग भेटघाटको क्रममा उम्मेदवार सारुले एमालेको जित सुनिश्चित भईसकेकोले गाउँका सबै खाले योजना निर्वाचित भएरपछी कार्यान्वयन गर्ने बताए । देवीनगरको कोईला खानी लाई स्थानीय जनता लाई बढी आय आर्जन हुने गरी व्यबस्थापन गर्ने, अपुरा लिफ्ट खाने योजना पुरा गर्ने, कृषि उपज संकलन केन्द्र तथा कृषि सडक निर्माणमा पहल गर्ने, एक घर एक धारा योजना कार्यान्वयन गर्नै एमाले उम्मेदवार सारुले बताए ।
१८ वटा वडा रहेको प्रदेशसभा २ मा स्थानीय निर्वाचन २०७९ मा एमालेले १३ वटा र काँग्रेसले ५ वटा वडामा विजय हासिल गरेको छ । प्राप्त मतको आधारमा एमालेले १५ हजार ८ सय ४०, काग्रेसले १२ हजार २ सय ५९, माओवादी केन्द्रले १ हजार १ सय २९ मत पाएका थिए । स्थानीयतहको निर्वाचनमा गठवन्धनको १३ हजार ३ सय ८८ मत देखिन्छ । यो अवस्थामा एमाले २ हजार ४ सय ५२ मतले गएको स्थानीय निर्वाचन अगााडी देखिन्छ । स्थानीय निर्वाचनको परिणाम अनुसार आफ्नो जित सुनिश्चित रहेकोले उम्मेदवा सारुले दावी गरेका छन् ।

क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेदवार राजुप्रसाद श्रेष्ठले रामपुरको विभिन्न वडामा पुगेर मतदाता भेटघाट गरेका छन् । उनले नेकपा एमाललेले अगाडि सारेको विकासका एजेण्डा बारे जानकारी गराउदै समग्र रामपुरको विकासमा आफु लामो समय देखि क्रियाशील रहेको बताए । उम्मेदवार श्रेष्ठले यस क्षेत्रमा कृषिको आधुनिकीकरण,बजार व्यवस्थापनका साथै युवा स्वरोजगारका क्षेत्रका काम गर्ने बताए । उनले धार्मिक पर्यटनको विकासका लागि गूरु योजना बनार अगाडि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update