रामपुरमा सार्वजनिक सुनुवाइ : विकास निर्माणका लागि सहकार्यमा जोड
बुधबार, साउन २०, २०८३
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
बुधबार, साउन २०, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्दुलीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका हुन् ।
स्क्रब टाइफसबाट गुल्मीकी ३२ वर्षीया महिलाको मृत्यु
बुधबार, साउन २०, २०८३
गुल्मीमा स्क्रब टाइफस संक्रमणबाट ३२ वर्षीया एक महिलाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–४, जैसिथोक निवासी सीता पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो ।
सुनसरी घटनामा गोली लागेका थप एक जनाको मृत्यु
मंगलबार, साउन १९, २०८३
सुनसरीको देवानगन्जमा गोली लागि घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
छुट्टाछुट्टै घटनामा ८ जनाको मृत्यु
मंगलबार, साउन १९, २०८३
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटना तथा अन्य घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा तीन, करेन्ट लागेर दुई, डुबेर एक र मृत अवस्थामा दुई जना फेला परेका हुन् ।
बुधबारसम्म मनसुन सक्रिय, सतर्कता रहन आग्रह
मंगलबार, साउन १९, २०८३
आगामी बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
श्रीनगर यातायातको अध्यक्षमा पुनः ढुंगाना
मंगलबार, साउन १९, २०८३
श्रीनगर यातायात सेवा कम्पनी प्रालिको अध्यक्षमा पुनः दिलबहादुर ढुंगाना क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको कम्पनीको दोस्रो अधिवेशन तथा आठौं वार्षिक साधारण सभाबाट निर्वाचित भएको सञ्चालक समितिको पहिलो बैंठकले ढुंगानालाई सर्वसम्मत रूपमा पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।
लागुऔषधसहित १४ जना पक्राउ
सोमबार, साउन १८, २०८३
देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दाङ, सुर्खेत, झापा, दमक, कैलाली, मोरङबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
गुल्मीमा ‘विज्ञता चक्र’ सम्बन्धी राष्ट्रिय गोष्ठी
सोमबार, साउन १८, २०८३
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा विज्ञता चक्र अभ्यासको प्रभावकारिता सम्बन्धी राष्ट्रिय गोष्ठी भएको छ । शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘खोज–प्रमाण–विज्ञता’ अवधारणामा आधारित विज्ञता चक्र अभ्यासको प्रभावकारिता सम्बन्धी तीनदिने राष्ट्रिय गोष्ठी भएको हो ।
जितगढीदेखि तानसेन : ऐतिहासिक विजय पथको पुनर्जीवन
सोमबार, साउन १८, २०८३
“हे भगवती माता हजुरको आशिर्वादले हामीले दुई पटक अंग्रेजहरुको शसक्त आक्रमणलाई निस्तेज पार्न सफल भयौं, हजुरको यो कृपाप्रति हामी नतमस्तक छौं । साष्टाङ्ग दण्डवत सहित यो प्रतिज्ञा गर्दछौं की हजुरको भव्य ३ तले मन्दिर निर्माण सम्पन्न भएपश्चातदेखी माताको प्रतिमूर्ति राखेर हर्षोल्लासका साथ रथ यात्रा निकाली बजार परिक्रमा गर्ने र माताको...
श्रीनगर यातायातको निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा पुनः ढुंगाना
आइतबार, साउन १७, २०८३
श्रीनगर यातायात सेवा कम्पनी प्रालिले सञ्चालक तथा सदस्य पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आइतबार भएको कम्पनीको दोस्रो अधिवेशनबाट निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार तोकिएको समयभित्र उम्मेदवारीविरुद्ध कुनै पनि उजुरी वा विरोध नपरेकाले सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
श्रीनगर यातायातको दोस्रो अधिवेशन तथा आठौं वार्षिक साधारण सभा तानसेनमा
आइतबार, साउन १७, २०८३
श्रीनगर यातायात सेवा कम्पनी प्रालिको दोस्रो अधिवेशन तथा आठौं वार्षिक साधारण सभा आइतबार तानसेनमा भएको छ । लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले सभाको उद्घाटन गरेका हुन् ।
दोस्रो राष्ट्रिय कोदो दिवस मनाइयो
आइतबार, साउन १७, २०८३
शनिबार पाल्पा, गुल्मीसहित देशैभर दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ । कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी कोदो दिवस मनाइएको हो ।

