घर–घरमा तुलसीको बिरुवा सारी हरिशयनी एकादशी मनाइँदै
आइतबार, असार २२, २०८२

आगलागी पीडितलाई बस्याल दाजुभाइको सहयोग
मंगलबार, असार १७, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका –९, पराजुलीटोलस्थित देउराली डाँडाका आगलागी पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णप्रसाद बस्याल र उनका भाइ नेपाली काँग्रेस बगनासकाली –९ का वडा सभापति चिन्तामणी बस्यालले आगलागी पीडित सीता पराजुलीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

पाल्पामा एसइई नतिजाको उत्साह
मंगलबार, असार १७, २०८२
यस वर्षको एसइई परीक्षाको नतिजा प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुले र्यालीसहित उत्साह मनाइरहेका छन् ।

एसइईमा उत्कृष्ट नतिजा ल्याएको होराइजनले मनायो खुसीयाली
सोमबार, असार १६, २०८२
जिल्लामा संस्थागत विद्यालयको रुपमा रहेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार यस वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

सासुको हत्या गर्ने ज्वाई २१ वर्षपछि पक्राउ
बिहीबार, असार १२, २०८२
कर्तव्य ज्यान मुद्धाका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पूर्वखोला गाउँपालिका – ९ हाल वडा नं– १ गुनडाँडामा बस्दै आएका ६६ का पूर्णबहादुर सार्कीलाई सासु आमाको हत्या आरोपमा पक्राउ गरेको हो ।

आज मगर जातिको भूमे पर्व
बुधबार, असार ११, २०८२
मगर जातिले आज आफनो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।

भूमि पूजाको सान्दर्भिकता
बुधबार, असार ११, २०८२
आज भूमि पूजा अर्थात् भूमे पूजा । यो खास गरी मगर समुदायको चर्चित पर्व मध्ये एक हो । असारमा रोपाई सुरु गर्नु अगावै पञ्चत्व स्वरूपमा भूमिको पूजन गर्ने चलन छ । देभभरिका सबै जिल्लाहरूमा भूमि पूजा गर्ने आ–आफ्नो चलन छ । पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व...

रामपुर, रम्भा र तिनाउको प्राथमिकता कृषि, पर्यटन र पूर्वाधार
मंगलबार, असार १०, २०८२
जिल्लाका तीन वटा स्थानीय तहले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । यहाँका रामपुर नगरपालिका, रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेका हुन् ।

तानसेनमा सञ्चालित स्वास्थ्य योग शिविर सकियो
मंगलबार, असार १०, २०८२
पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।

आज विश्व एकल महिला दिवस
सोमबार, असार ९, २०८२
आज एकल महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँंदैंछ । दिवसका अवसरमा देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन् ।

‘सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण’
सोमबार, असार ९, २०८२
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सक्षम खेलाडी उत्पादन गर्न महिला÷पुरुष भलिबल तथा फुटवल खेलसम्बन्धी खेलाडीलाई प्रशिक्षण दिइएको बताएका छन् । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण दिइएको उनले बताए ।

तानसेमा नगरस्तरीय छात्रा भलिबलमा सेन मावि प्रथम
आइतबार, असार ८, २०८२
तानसेनमा सञ्चालित नगरस्तरीय छात्रा भलिबल प्रतियोगितामा सेन मावि प्रथम भएको छ । मोहन कन्या माविmे हिरक महोत्सवको अवसरमा सञ्चालन गरेको प्रतियोगितामा सेन माविका क्रिस्टिना राना, रिना राना ,सोफिया खत्री, बिन्दु पुन, पुष्टि सुनार ,मधु श्रीस ,नीतिशा खत्रीको समूह प्रथम भएको हो ।