४८ वर्षीय पुरुष मृत फेला
सोमबार, असार ३०, २०८२

श्रीनगर सामुदायिक वनमा रोपियो लालीगुराँस
आइतबार, असार २९, २०८२
श्रीनगर एकीकृत पर्यटकीय सामुदायिक वन क्षेत्रमा लालीगुँरासका बिरुवा रोपिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय तानसेन नगर महासङ्घको आयोजनामा सुशिल बस्याल “राष्ट्रप्रेमी” ङ्घारा सञ्चालित ‘एक घर, एक लालीगुँरास’ अभियान अन्तर्गत यहाँ लालीगुँरासका बिरुवा रोपिएको हो ।

रामपुर नगरको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
शनिबार, असार २८, २०८२
जिल्लाको रामपुर नगरपालिकाले ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु र पुँजीगत गरी ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको हो ।

मौद्रिक नीति सार्वजनिक
शनिबार, असार २८, २०८२
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा अकालमै गयो ६ जनाको ज्यान
शुक्रबार, असार २७, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर, सर्लाही, झापा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।

पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा, जोखिम कायमै
बुधबार, असार २५, २०८२
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

गाउँबाट चार जिपिए ल्याएका यी दुई भण्डारी
बुधबार, असार २५, २०८२
गुल्मीमा चार जिपिए ल्याउने मध्येका हुन् सिर्जित भण्डारी र निशान भण्डारी । दुवै जनाले गाउँकै स्कूलबाट परीक्षा दिएका थिए । सत्यवती गाउँपालिकाका सिर्जितले सत्यवती मावि र चन्द्रकोटका निसानले उदय मावि शान्तिपुरबाट परीक्षा दिएका विद्यार्थी हुन् ।

मधुमेह रोकथामका उपाय खोजौं
बुधबार, असार २५, २०८२
पछिल्ला केही वर्ष यता नेपालमा मधुमेहका बिरामी बढ्दो छन् । मधुमेहलाई नेपालीमा ‘चिनी रोग’ भनिन्छ । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि.ग्रा.र डि.लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा...

सिद्धबाबाको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट)
मंगलबार, असार २४, २०८२
सिद्धबाबा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते
मंगलबार, असार २४, २०८२
सिद्धबाबा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल
मंगलबार, असार २४, २०८२
सरकारले सुनचाँदी गहनामा लगाएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै आन्दोलनमा रहेका पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपभोक्ता सचेतना सम्बन्धी छलफल चलाएका छन् । आफुहरुको आन्दोलनका कारण उपभोक्ताहरुलाई पर्न गएको मार प्रति सचेतन गराउने उद्देश्यले उनीहरुले छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका हुन् ।

काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त
मंगलबार, असार २४, २०८२
नेपाली काँग्रेस पाल्पाले काँग्रेसका पूर्व सह–महामन्त्री एवं पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको सोमबार अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।

रामपुरमा मेयरसँग बालबालिका
सोमबार, असार २३, २०८२
जिल्लाको रामपुरमा मेयरसँग बालबालिकाका कार्यक्रम गरिएको छ । दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६ विजयपुरमा नगर भित्रका विद्यालयमा अध्ययनरत बालबालिकासँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया गरेका हुन् ।