पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, कैलाली, रोल्पा, सुर्खेत, मोरङ, पाँचथर, कञ्चनपुर, बाँके, चितवन लगायतका स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका हुन् ।
नवलपरासी पश्चिमको सरावल गाउँपालिका–६ बडसारेबाट अवैध लागूऔषधुसहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । बुप्रेनोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित सोही गाउँपालिका–४ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले लु. ६ प ६८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस्तै रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ बजार नजिकबाट अवैध लागूऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित पक्राउ गरेको हो । यस्तै बाँकेको बैजनाथ गाउँपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम र नगद ३६ हजार ९ सय ६५ रूपैयाँ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उत्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९४ मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय योगेश पाल र ४३ वर्षीय सुबाश हमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलालीको टीकापुर नगरपालिका–१ खडकचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका–७ बस्ने २३ वर्षीय मिन रावललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने १९ वर्षीय बिरख बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–६ राकमबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १ सय ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण लुहारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले क.प्र. ०२–००२ प ०४५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङको बेलबारी नगरपलिका–१ सिसौलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित सोही नगरपालिका–१ बस्ने २४ वर्षीय बिकास रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका–१ बरडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय निराजन खतिवडा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१ खल्ला पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित पुनर्बास नगरपालिका–३ राम बस्ती बस्ने १९ वर्षीय निशान्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०१–०१२ प ७४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै चितवनको रत्ननगर नगरपालिका–७ लौखानीबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम र नगद १ लाख २९ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४३ वर्षीय दिपक महतो र उनकै छोरा २५ वर्षीय राहुल महतो रहेका छन् । प्रहरी चौकी बछौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित पक्राउ गरेको हो ।a


