ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु, केहीबेर तनावग्रस्त बन्यो दुर्घटनास्थल
बुधबार, साउन १३, २०८३
गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै
बुधबार, साउन १३, २०८३
आज देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ गुरु पूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइने गरिन्छ । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
आज विश्व बाघ दिवस मनाइँदै
बुधबार, साउन १३, २०८३
आज नेपालसहित विश्वभर विश्व बाघ दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष जुलाई २९ मा मनाइने यस दिवसको उद्देश्य बाघ तथा यसको प्राकृतिक बासस्थानको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु र बाघ संरक्षणका लागि विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउनु हो । नेपालमा पनि सरकारी निकाय, संरक्षण साझेदार संस्था तथा...
काँग्रेस वरिष्ठ नेता श्रेष्ठको निधन
मंगलबार, साउन १२, २०८३
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो ।
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
मंगलबार, साउन १२, २०८३
आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
अवैध लागूऔषध सहित तीन जना पक्राउ
मंगलबार, साउन १२, २०८३
दाङमा अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार घोराही उपमहानगरपालिका–१५ न्युरोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानाध्यापक संघ लुम्बिनी प्रदेशको १२ बुँदे घोषणा पत्र जारी
मंगलबार, साउन १२, २०८३
प्रधानाध्यापक संघ नेपाल (पान) लुम्बिनी प्रदेशले १२ बुँदे घोषणा पत्र जारी गरेको छ । संघले बुटवलमा भएको तेस्रो साधारण सभा तथा प्रशिक्षण कार्यक्रममार्फत १२ बुँदे घोषणा पत्र जारी गरेको हो । सबै जिल्ला र स्थानीय तहमा संस्थाको विस्तार र सञ्जाल निर्माण गर्ने भेलाले निर्णय गरेको छ ।
पाल्पामा टिपर दुर्घटना : सहचालकको मृत्यु, चालक सामान्य
मंगलबार, साउन १२, २०८३
पाल्पामा टिपर दुर्घटना : सहचालकको मृत्यु, चालक सामान्य
तानसेनमा २४सै घण्टा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन हुँदै
सोमबार, साउन ११, २०८३
पाल्पाको तानसेनमा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नयाँ पोलिक्लिनिक सञ्चालनमा आउने भएको छ । खस्यौली स्वास्थ्य केन्द्रका डा. चुरामणि रेग्मी नेतृत्वको टोलीले तानसेन नगरपालिका–३, सिल्खानटोलमा विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालनको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।
तुलसी रोपेर मनाइयो हरिशयनी एकादशी
आइतबार, साउन १०, २०८३
आषाढ शुक्ल एकादशीका दिन शनिबार घरघरमा तुलसीको बिरुवा रोपिएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मठमा तुलसीको बिरुवा रोप्ने परम्परा छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मठमा राखिएको दलका बिरुवा यस मठमा सारिएको हो ।
गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु
शनिबार, साउन ९, २०८३
जिल्लाको सत्यवती गाउँपालिका–५ हँसरामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा टोकेर घाइते भएका हसराका २२ वर्षीय पूर्णसिंह थामी मगरको मृत्यु भएको हो ।
अबको राजनीति र राजनीतिक उपभोक्तावादको प्रभाव
शनिबार, साउन ९, २०८३
सामान्य बुझाइमा किनमेल भन्नाले उपभोक्ताले बजारमा आफ्ना आवश्यकता खरिद गर्ने प्रवृतिलाई बुझिन्छ तर अब यो प्रवृति राजनीतिमा पनि देखापर्दैछ । बजारमा नागरिकको किनमेल प्रक्रियामा पनि राजनीतिक अभिव्यक्ति बन्न थालेको छ । एउटा उपभोक्ता भन्छ “म यो उत्पादन किन्ने छैन, किन कि यस बस्तुकोे उत्पादन गर्ने कम्पनीको व्यवहार मेरो मूल्यसँग मेल...
उच्च शिक्षाले नैतिक नेतृत्व र जिम्मेवार नागरिक निर्माण गर्नेमा जोड
शनिबार, साउन ९, २०८३
उच्च शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई नैतिक, इमानदार, निष्ठावान, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्ने आधार भएको जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा रहेको पाल्पा बहुमुखी क्याम्पसले आयोजना गरेको कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मान तथा बधाइ कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।


