Shittalpati
गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु 

गुल्मी, जिल्लाको सत्यवती गाउँपालिका–५ हँसरामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा टोकेर घाइते भएका हसराका २२ वर्षीय पूर्णसिंह थामी मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  साउन २ गते घरनजिकै कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा थामीलाई अरिङ्गालले टोकेको थियो । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, प्रभास (पाल्पा) पठाइएको थियो । त्यसपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो । दुवै खुट्टा र दायाँ हातमा टोकी घाइते भएका उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update