मोटरसाइकल मर्मत गर्ने प्राविधिकलाई सम्मान
सोमबार, साउन १९, २०८२
मोहन कन्याका शिक्षक र विद्यार्थीको निःशुल्क आँखा परीक्षण
आइतबार, साउन १८, २०८२
तानसेनमा सञ्चालित मोहन कन्या माविका शिक्षक र विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ । विद्यालयको हिरक महोत्सवको अवसरमा पूर्व शिक्षक गंगालाल श्रेष्ठको व्यवस्थापन र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा शिक्षक, विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो ।
रामपुरमा ‘हाइमास्ट लाइट’ जडान
शनिबार, साउन १७, २०८२
जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा हाइमास्ट लाइट जडान गरिएको छ । रामपुरको मुख्य क्षेत्र बेझाँड बजारमा २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएको हो ।
अब पाल्पामै विएस्सी सिएस आइटी पढ्न पाइने
शुक्रबार, साउन १६, २०८२
अब पाल्पामै विएस्सी सिएस आइटी पढ्न पाइने भएको छ । पश्चिम नेपालकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्यापसमा पहिलो पटक कम्प्युटर विज्ञान तथा सुचना प्रविधि ( विएस्सी सिएस आइटी) पढ्न पाइने भएको हो ।
रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्दै
बुधबार, साउन १४, २०८२
जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो ।
पाल्पा जेसिजले दियो सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
बुधबार, साउन १४, २०८२
सामाजिक कार्यमा सक्रिय पाल्पा जेसिजले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । जेसिजले जिल्लाको तानसेन नगरपालिका– ११ मा रहेको लिपिन्देवी आधारभुत विद्यालयमा अध्यनरत ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
सोमबार, साउन १२, २०८२
आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
अरिङ्गालले टोकेर एक महिलाको मृत्यु
शनिबार, साउन १०, २०८२
जिल्लामा रामपुरमा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका–२, सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानु कुमारी रावतको मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते भइएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
पुष्पलालको विचार आत्मसात् गर्नुपर्नेमा जोड
शुक्रबार, साउन ९, २०८२
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका विचार आत्मसात् गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा आयोजित पुष्पलाल स्मृति दिवसमा बोल्ने अधिकांस वक्ताहरूले पुष्पलालको विचार, सिद्धान्त र आदर्श आत्मसात् गर्न नसक्दा कम्युनिष्ट आन्दोलनमा विचलन आएको भन्दै उनको विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य क्षेत्र सुधारको प्रयास
शुक्रबार, साउन ९, २०८२
वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु पछिल्लो समय केही सुधार हुँदै गएका छन् । स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री प्रदीप पौडेलले सार्वजनिक स्वास्थ्य सेवा सुधारतर्फ देखाएको चासो र सक्रियताले सकारात्मक रूप लिएको छ ।
पाल्पामा मनाइयो घण्टाकर्ण
बिहीबार, साउन ८, २०८२
प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।


