लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
शनिबार, साउन २, २०८३
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, असार ३२, २०८३
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । स्याङ्जा जिल्ला अदालतबाट बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय फैसला भई फरार रहेका हरिनास गाउँपालिका–४ का ४१ वर्षीय किम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
अवैध लागूऔषध सहित चार जना पक्राउ
बिहीबार, असार ३२, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलाली, मकवानपुर, नवलपरासी पश्रुचिम, बर्दिया र तनहुँ बाट अवैध लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङ बजारबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
बुधबार, असार ३१, २०८३
आज विश्वभर विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष जुलाई १५ का अवसरमा मनाइने यस दिवसको उद्देश्य युवाहरूलाई रोजगारी, उद्यमशीलता र दिगो विकासका लागि आवश्यक सीप तथा दक्षताको महत्वबारे सचेत गराउनु हो । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको...
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
मंगलबार, असार ३०, २०८३
सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय खारेज गरिदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय खारेज गर्ने आदेश दिएको हो ।
पाल्पामा सकियो ७१ प्रतिशत धान रोपाइँ
मंगलबार, असार ३०, २०८३
पाल्पामा धान रोपाइँ ७१ प्रतिशत सकिएको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार जिल्लाभर ७ हजार २ सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार २६ गतेसम्म ५ हजार १ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
नेविसंघद्वारा वृक्षारोपण
सोमबार, असार २९, २०८३
नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा इकाईले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार वृक्षारोपण गरेको छ । उसले क्याम्पसको विज्ञान संकाय भवन परिसरस्थित बतासेडाँडामा कपुर, धुपी, सल्ला, अमला, चिउरी लगायत विभिन्न प्रजातिका बिरुवा रोपेको हो ।
आज भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, असार २९, २०८३
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । भानुभक्तको योगदानको स्मरण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिएको हो ।
भारी वर्षाको सम्भावना
सोमबार, असार २९, २०८३
आइतबार राती र सोमबार देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आइतबार साँझ मौसमसम्बन्धी अपडेट जारी गर्दै मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरेको हो ।
अवैध लागूऔषध सहित ३६ जना पक्राउ
सोमबार, असार २९, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित ३६ जना पक्राउ परेका छन् । प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार रोल्पा, महोत्तरी, झापा, चितवन, सुनसरी, सिराहा, मोरङ, कञ्चनपुर, कैलाली, ललितपुर, काठमाडौं लगायतका जिल्लाहरुबाट प्रहरीले अवैध लागु औषधसहित ३६ जनालाई पक्राउ गरेको हो ।
आज प्रदोष व्रत : देशभर शिवको पूजा गरिदैं
आइतबार, असार २८, २०८३
आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक प्रदोष व्रत मनाउँदै छन् । प्रत्येक पक्षको त्रयोदशी तिथिको सायंकाल पर्ने प्रदोष व्रत भगवान शिवको विशेष आराधना गर्ने दिनका रूपमा मानिन्छ ।
आत्मदाह प्रयास गरेका अर्का व्यक्तिको पनि निधन
शनिबार, असार २७, २०८३
काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
शनिबार, असार २७, २०८३
काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।


