पाल्पा, आज विश्वभर विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष जुलाई १५ का अवसरमा मनाइने यस दिवसको उद्देश्य युवाहरूलाई रोजगारी, उद्यमशीलता र दिगो विकासका लागि आवश्यक सीप तथा दक्षताको महत्वबारे सचेत गराउनु हो । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्न ले यो दिवस मनाउन लागिएको हो । यस अवसरमा नेपालसहित विभिन्न देशमा सीप विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल प्रविधि, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिँदै छन् । सरकारी निकाय, शैक्षिक संस्था, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले युवालाई आधुनिक सीपसँग जोड्ने अभियान सञ्चालन गरिरहेका छन् ।
बदलिँदो श्रम बजार, प्रविधिको तीव्र विकास र हरित अर्थतन्त्रको आवश्यकतालाई ध्यानमा राख्दै युवालाई भविष्यका अवसरका लागि सक्षम बनाउने सन्देश यस दिवसले प्रवाह गर्दै आएको छ । विशेषज्ञहरूका अनुसार गुणस्तरीय शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम, डिजिटल साक्षरता र उद्यमशील सीपको विकासले युवाको रोजगारी क्षमता बढाउनुका साथै देशको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ । सरकारले वैदेशिक रोजगारलाई समेत व्यवस्थित गर्न सकेको छैन । हाल रेमिटेन्स कुल ग्रार्हस्थ्य उत्पादनको ३ प्रतिशत बाट बढेर २१ प्रतिशत हुन पुगेको अनुमान छ । देशमा शान्ति सुरक्षा व्यवस्थापन कार्यमा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर एक दशकभन्दा बढी समयदेखि द्वन्द्वग्रस्त बनेको हाम्रा मुलुकले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक तथा विकासका हिसाबले पनि काँचुली फेर्न सक्ने अवस्था युवावर्ग आफैले सिर्जन गर्नुपर्छ ।


