Shittalpati
मन्दिर परिषरमा मदिरा !
मन्दिर परिषरमा मदिरा ! जिल्लाको तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर परिषरमा मदिरा प्रदर्शनमा राखिएको पाइएको छ । भगवानको पुजा आरधना गर्ने पवित्र स्थान जस्तो मन्दिरमा खुलमखुला मदिरा प्रदर्शन गरिएको पाइएको हो ।
सिद्धाबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते
सिद्धाबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते भएका छन् । आज विहान जिल्लाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सद्धबाबा क्षेत्रमा बुटवलबाट पाल्पा आउँदै गरेको लुम्बिनी प्रदेशको ०१–०० १ ज ०२७६ नम्बरको कारमा सडकमाथिबाट खसेको ढुङ्गासहितको पहिरोले लागेर कारमा सवार एक जना घाइते भएका हुन् ।
जनप्रतिनिधिको विकासमा ध्यान गयो तर कानुन कार्यान्वयनमा चासो भएन : सभामुख घर्ती 
जनप्रतिनिधिको विकासमा ध्यान गयो तर कानुन कार्यान्वयनमा चासो भएन : सभामुख घर्ती  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले  विकास निर्माणमा जनप्रतिनिधिको ध्यान गएको तर कानुुन कार्यान्वयनमा  चासो नदिएको बताएका छन् ।
एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी 
एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी  नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको १२ औं जिल्ला अधिवेशनले ठकुरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 
गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन
गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन आजदेखि जिल्लाको सदरमुकाम तम्घासमा हुँदै छ । “एकता, विकास समपर्ण : समुन्नत गुल्मीका लागि काँग्रेसको प्रण” भन्ने मुख्य नारासहित काँग्रेसले जिल्ला सम्मेलन गर्न लागेको हो ।
आन्दोलनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
आन्दोलनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने राजावादीको आन्दोलनमा परी ज्यान गुमाएकाको परीवारलाई सरकारले १०/१० लाख दिने भएको छ । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्याउन गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई  उक्त सहयोग रकम दिने निर्णय गरेको हो ।
वि.पी. कोइराला, समाजवाद र सहकारी
वि.पी. कोइराला, समाजवाद र सहकारी नेपालको पहिलो लोकतान्त्रिक निर्वाचित प्रधानमन्त्री वि.पी. कोइराला सहकारी र समाजवादका दृढ समर्थक थिए । उनले लोकतान्त्रिक समाजवादको संरचना निर्माण गर्न सहकारीलाई पनि एउटा आधार मानेका थिए विशेषगरी इजरायलको भ्रमणपछि । प्रधानमन्त्रीको रुपमा १८ महिनाको छोटो कार्यकालमा उनले सहकारी विकासलाई प्राथमिकता दिए । इजरायलको सहकारी प्रणालीको गहन अध्ययनपछि नेपालमा पनि इजरायली...
सरकारले दियो भोलि सार्वजनिक बिदा
सरकारले दियो भोलि सार्वजनिक बिदा सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक सूूचनामार्फत जानकारी गराएको छ ।
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो । 
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।
पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने
पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने पाल्पामा भव्य रुपमा राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो ।
तानसेनमा  निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला
तानसेनमा  निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला जिल्लाको तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल, प्याब्सन पाल्पाको आयोजनामा जिल्लाका निजी विद्यालयहरुका अध्यक्ष तथा प्रिन्सिपलहरुको एक दिने भेला शनिबार भएको हो ।
Weather Update