लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल
आइतबार, वैशाख १४, २०८२

पाल्पा जेसिजको भित्तेपात्रो विमोचन
शनिबार, वैशाख १३, २०८२
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल पाल्पा जेसिजले भित्तेपात्रो विमोचन गरेको छ । ‘शासन व्यक्तिको होइन विधिको हुनु पर्छ’ भन्ने नारालाई आत्मसाथ गर्दै जेसिजले शनिबार एक औपचारिक कार्यक्रमका बिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।

प्रेस चौतारी पाल्पाले बैशाख २७ गते स्थापना दिवस मनाउने
शनिबार, वैशाख १३, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले यही बैंशाख २७ गते स्थापना दिवस मनाउने भएको छ । शाखाको तानसेनमा बसेको बैंठकले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

पाल्पाको तिनाउमा सडेको अवस्थामा बेवारिसे शव फेला
बिहीबार, वैशाख ११, २०८२
जिल्लाको तिनाउ गाउँपालिकामा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । तिनाउ गाउँपालिका– ३ तिलोत्तमा सामुदायिक जङ्गलमा रहेको आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।

बुटवलमा मनाइयो जितगढी विजय उत्सव
सोमबार, वैशाख ८, २०८२
नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा विजय उत्सव मनाइएको छ । बुटवल उपमहानगरपालिकाले आयोजनामा आइतबार विजय उत्सव मनाइएको हो । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।

अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा
आइतबार, वैशाख ७, २०८२
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ ।

राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता पक्राउ
आइतबार, वैशाख ७, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
शनिबार, वैशाख ६, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका –१ पिपरतुङमा भिरबाट लडेर एक पुुरुषको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय ६५ वर्षीय कृष्णबहादुर चिदी रहेका छन् ।

तम्घासमा दोस्रो गुल्मी महोत्सव
शनिबार, वैशाख ६, २०८२
दोस्रो गुल्मी महोत्सव सदरमुकाम तम्घासस्थित नुनथलामा शुक्रबारदेखि सुरु भएको छ । गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा गुल्मी जिल्लाको समृद्धिको आधार: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन भएको हो ।

पाल्पाकी एक युवतीमाथि गोली प्रहार, गोली प्रहार गर्नेलाई खोज्दै प्रहरी
शनिबार, वैशाख ६, २०८२
बुटवलमा पाल्पाकी एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

लुम्बिनी प्रदेशको बजेट खर्च : नौ महिनामा झण्डै ४० प्रतिशत
शनिबार, वैशाख ६, २०८२
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको ९ महिनामा झन्डै ४० प्रतिशत बजेट खर्च गरेको छ । उसले चालु आर्थिक वर्षको चैत मसान्तसम्म पुँजीगत र चालू गरी ३९ दशमलव ७४ प्रतिशत बजेट खर्च गरेको हो ।

राम्दीमा स्नान गर्नेहरुको भिड
सोमबार, वैशाख १, २०८२
पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीमा स्नान गर्ने भक्तालुको भिड ।

बगनासकालीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते
सोमबार, वैशाख १, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका –१ रायडाँडास्थित सिद्दार्थ राजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना भएको छ । आज दिउँसो घोरबन्दादेखी बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।