Shittalpati
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं

पाल्पा, विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यो दिवस यस वर्ष पनि जनसंख्या, स्वास्थ्य, शिक्षा तथा दिगो विकाससँग सम्बन्धित विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ मनाउन लागिएको हो ।

दिवसको अवसरमा सरकारी तथा गैरसरकारी निकायहरूले जनसंख्या व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, लैङ्गिक समानता तथा युवाको सशक्तीकरणका विषयमा अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम र र्‍याली आयोजना गर्दै छन् । यो दिवस सन् १९८९ देखि संयुक्त राष्ट्रसंघको पहलमा मनाउन थालिएको हो । बढ्दो जनसंख्या, प्रजनन स्वास्थ्य, महिला अधिकार र दिगो विकासका लक्ष्य हासिल गर्न यस दिवसले विश्व समुदायलाई सचेत गराउँदै आएको छ । दिवसका अवसरमा सम्बन्धित निकायहरूले जनसंख्या र विकासबीच सन्तुलन कायम गर्दै सबै नागरिकको स्वास्थ्य, शिक्षा र अवसरमा समान पहुँच सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । दिवसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धी समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ ।

जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा छ तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसंख्या वेगैर कुनै पनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।  विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसंख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले बढ्दो जनसंख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा, पछिल्लो समय जनसंख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति सहित आफ्नो जनतालाई आह्वान गरेको छ । यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारीवारीक समय निकाल्न तथा बढ्दो वृद्धवृद्धाहरूको जनसंख्यासंग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरुमा जनसंख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।

प्रकाशित मिति: शनिबार, असार २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update