Shittalpati
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

पाल्पा, देशका विभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर जष्ट भएको छ । रूपन्देही, बारा र सप्तरीमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको हो । रूपन्देहीको कोटहीमाई गाउँपालिका–१ पडरहवामा घरमा आगलागी हुँदा दुई लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँका  इसु भाड, झगदु भाड र मुन्टेजिरमुसलमानको भान्सा घरमा आगलागी भएको हो । लागलागी  हुँदा त्यहाँ भएका सरसमान जलेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा  तत्काल आगलागी नियन्त्रणमा लिएकाले  ठूलो क्षति भने हुन नपाएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस्तै सप्तरीको सप्तकोशी नगरपालिका–९ कमलपुरमा गोठमा आगलागी हुँदा दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँ  बस्ने कुशेश्वर यादवको गोठमा विद्युत सर्ट भई  आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । यस्तै बाराको महागढीमाई नगरपालिका–८ जोलगावामा पनि घरमा लागलागी हुँदा आठ लाख बराबरको भौतिक क्षति भएको छ  । सोही ठाउँका ६४ वर्षीय अन्नत प्रसाद यादवको घरमा  आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तीन वटै घटनाको प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update