Shittalpati
पाल्पाबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ

पाल्पा, पाल्पामा प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको चेकिङ टोलीले बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन तथा यात्रुको जाँच गर्ने क्रममा अवैध लागूऔषधसहित तानसेन नगरपालिका–६ का २४ वर्षीय हेमन्त खड्कालाई पक्राउ गरेको हो ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २१४४ नम्बरको बस रोकी खड्कामाथि शंका लागेपछि शरीर खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम १९० मिलिग्राम तथा चरेश जस्तो देखिने पदार्थ ६ ग्राम २९० मिलिग्राम बरामद   गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसल सिंह ठकुरीले जानकारी दिए । उनको अनुसार   बरामद गरिएको लागूऔषधसहित खड्कालाई नियन्त्रणमा लिई आवश्यक मुचुल्का तयार गरी जिल्ला अदालत पाल्पाबाट १५ दिनको म्याद थप अनुमति लिएर उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update