Shittalpati
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २८ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, धनुषा, कैलाली, चितवन, झापा, पर्सा, मकवानपुर, दाङ, बर्दिया, उदयपुर, मोरङ, कास्की, धादिङ, कैलाली, महोत्तरी र काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २८ जना पक्राउ परेका हुन् ।

रूपन्देहीको सैनामैना नगरपालिका–६ दुधराक्ष चोकबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय उमेश पन्तलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै झापाको बिर्तामोड नगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका–४ बस्ने २५ वर्षीय प्रदिप दाहाललाई  प्रहरीले पक्राउ गरेको छ ।  यस्तै काठमाडौंको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ९४ ग्राम ७ सय ८० मिलिग्राम, डिजिटल तराजु २ थान र मोबाइल ८ थान सहित ८ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ ठेगाना भएका २४ वर्षीय बिशाल शाही, काठमाडौं महानगरपालिका–७ ठेगाना भएका २९ वर्षीय सरोज श्रेष्ठ, सोही महानगरपालिका–३ ठेगाना भएका २८ वर्षीय कृष्ण पण्डित, तनहुँ भानु नगरपालिका–९ ठेगाना भएका ३१ वर्षीय कुमार गुरूङ, मोरङ विराटनगर महानगरपालिका–१६ ठेगाना भएका २७ वर्षीया स्मारिका कार्की, भारत बिहार राज्य अररिया बेला–७ ठेगाना भएका १९ वषर्बीय देव कुमार यादव, सुनसरी इनरूवा नगरपालिका–९ ठेगाना भएका १९ वर्षीय सुमित कुमार मेहता र सोही नगरपालिका–९ ठेगाना भएका २० वर्षीय संजिव कुमार ठाकुर रहेका छन् ।

यस्तै पर्साको वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुल नजिकबाट अवैध लागूऔषध सहित रसुवा कालिका गाउँपालिका–२ बस्ने निर बहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका–२ जिरोमाईल चोकबाट अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–७ बस्ने ६५ वर्षीय रामठकन राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले मलिवाराबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ५२८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस्तै चितवनको भरतपुर महानगरपालिका–१८ बाबुराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही महानगरपालिका–१९ हेल्थपोष्ट घर भएकी ३२ वर्षीया ज्योती तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै धनुषाको धनुषाधाम नगरपालिका–२ मंगलपुरबाट अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० बस्ने २१ वर्षीय बिजय राई र २१ वर्षीय आशिष राई रहेका छन् । यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय महेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै धादिङको रोराङ गाउँपालिका–९ जोगीमाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल  सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–३ बस्ने ४१ वर्षीय मोहन प्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी रहेका छन् । 

यस्तै कास्कीको पोखरा महानगरपालिका–१५ स्यानिमझुवा बस्ने २६ वर्षीय एलेक्स गुरूङलाई अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी कास्कीकै पोखरा महानगरपालिका–५ प्रस्याङबाट अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही महानगरपालिका–२३ हर्पन घर भएका ३५ वर्षीय विश्वराज परियार र सोही महानगरपालिका–५ मालेपाटन बस्ने ३३ वर्षीय कृष्ण विक रहेका छन् ।  यस्तै मोरङको विराटनगर महानगरपालिका–१५ बस्ने २३ वर्षीय सिदार्थ कुमार शाहलाई अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । यस्तै उदयपुरको कटारी नगरपालिका–३ कान्छिबजार बस्ने सिन्धुली घर भएका २९ वर्षीय मिलन सुनुवारलाई नियन्त्रित लागूऔषध र नगद ३० हजार सहित प्रहरीले पक्राउ गरेको छ । यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध र नगद ५ हजार ७ सय रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–५ बस्ने  १९ वर्षीय निशान हमाल र सोही नगरपालिका–८ बस्ने २९ वर्षीया करूणा खड्का रहेका छन् । यस्तै दाङको गढवा गाउँपालिका–७ बस्ने ३१ वर्षीय राजेन्द्र चौधरीलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–७ रमनटार बस्ने २३ वर्षीय सुमन गो·वा र पर्सा वीरगंज महानगरपालिका–२० अकौनी बस्ने २१ वर्षीय कैलाश राय रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update